ट्रेण्डिङ

होमपेज / खेलकुद

आसिफको शतक:पीएनजीलाई दियो २९८ रनको लक्ष्य

नेपालगाथा २०७९ फाल्गुण २५ गते बिहीबार १४:१२:४५ मा प्रकाशित

काठमाडौं । ओपनर आसिफ शेखको शतक प्रेरित आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको हो । नेपालले ओडीआई क्रिकेटमा बनाएको यो अहिलेसम्मको ठूलो स्कोर हो ।

यसअघि, अघिल्लो महिना त्रिवि मैदानमै नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य चेज गर्ने क्रममा नेपालले २ सय ८७ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top