ट्रेण्डिङ

होमपेज / खेलकुद

ए डिभिजन लिग अन्तरगत आज दुई खेल हुँदै

नेपालगाथा २०७९ फाल्गुण २३ गते मंगलबार ११:४२:५६ मा प्रकाशित

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज मंगलवार दुई खेलहरु हुँदैछन् ।

आज एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक एक खेल हुनेछ । एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लव चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटार भिड्नेछन् ।

चर्च ब्वाइज र खुमलटारबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । पहिलो खेलमा चर्चले नेपाल पुलिस क्लवलाई हराएको थियो । खुमलटार पनि दोस्रो जितको खोजिमा रहेको छ । खुमलटारले पहिलो खेलमा फ्रेण्ड्स क्लवलाई हराएको थियो ।

यस्तै च्यासल मैदानमा फ्रेण्ड्स क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुई टोलीबीचको खेल पनि दिउँसो २ः३० बजे शुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top