ट्रेण्डिङ

होमपेज / खेलकुद

विश्वकप लिग-२:युएईले नेपालको लयमा लगायो ब्रेक

नेपालगाथा २०७९ फाल्गुण १८ गते बिहीबार १८:२६:०५ मा प्रकाशित

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली यूएईसँग ६८ रनको हार ब्यहोरेको छ।

 २०८ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ३१.५ ओभरमा सबै विकेटको क्षतिमा १३९ रन मात्रै बनायो । युएईलाई जिताउन रोहन मुस्ताफाले अलराउण्ड प्रदर्शन गरे । ब्याटिङमा संयमित हुँदै अविजित ५२ रन बनाएका उनले बलिङमा ३ विकेट लिए ।

कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र आरिफ शेख शुन्यमा आउट भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top