ट्रेण्डिङ

होमपेज / खेलकुद

आईसीसी यू- १९ विश्वकप छनोट: नेपाल ८ वर्षपछि यू–१९ क्रिकेट विश्वकपमा छनोट

नेपालगाथा २०७९ फाल्गुण १८ गते बिहीबार १८:१०:४७ मा प्रकाशित

काठमाडौं । आईसीसी यू- १९ विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा घरेलु टिम यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको छ ।

घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई) माथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपालले अर्को वर्ष श्रीलंकामा हुने युवा विश्वकपमा स्थान पक्का गरेको हाे। सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो। १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो । 

नेपालको जितमा दिपेश कँडेलले ४७औं ओभरमा तीन विकेट लिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top