ट्रेण्डिङ

होमपेज / खेलकुद

यू-१९ विश्वकप छनोट : नेपालद्वारा यूएईसामु १९२ रनको चुनौती प्रस्तुत

नेपालगाथा २०७९ फाल्गुण १८ गते बिहीबार १४:१८:४२ मा प्रकाशित

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले घरेलु टिम यूएईसामु १९२ रनको सामान्य चुनौती पेस गरेको छ ।

यूएईको अजमानस्थित एडेन गार्डेन ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको हो । नेपालका ओपनर दिपक बोहरा शून्यमा पहिलो बलमै आउट भए । त्यसपछि ९ रन हुँदा अर्जुन कुमाल व्यक्तिगत तीन रन बनाएर आउट भए ।

 देवसँगै उत्तम थापा मगर र विशाल विक्रम केसीले नेपालको इनिङ्स सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top