ट्रेण्डिङ

होमपेज / खेलकुद

दुबई गए सन्दीप लामिछाने

नेपालगाथा २०७९ फाल्गुण १७ गते बुधबार १६:३३:४९ मा प्रकाशित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिज खेल्न आज दिउँसो ३ बजे नै यूएई प्रस्थान गरेका छन् । 

उनले अब नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीप त्रिदेशीय सिरिज खेल्न गइसकेको बताए । उनले भने, ‘सन्दीप ३ बजे नै यूएई उडिसकेका छन् । हामीले आईसीसीको स्वीकृति पाएसँगै पठाएका हौँ ।’

नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top