ट्रेण्डिङ

होमपेज / खेलकुद

 हङकङले नेपाललाई दियो १२१ रनको सामान्य लक्ष्य

नेपालगाथा २०७९ फाल्गुण १५ गते सोमबार १४:१८:०२ मा प्रकाशित

काठमाडौं । नेपालको कसिलो बलिङ सामु निरीह बनेको हङकङले जारी आईसीसी यू-१९ विश्वकप एसिया रिजन छनोटमा १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबइको अजमनस्थित मालेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको हङकङका पर्थ भागवतले सर्वाधिक ३६ रन बनाए, मोहमद अलियान जाहिर २९ रन बनाएर आउट हुँदा आहान त्रिवेदी ११ रनमा अविजित रहे । त्योबाहेक हङकङकका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको बलिङमा हेमन्त धामीले सर्वाधिक तीन विकेट लिए । उनले ९ ओभरमा ३ मेडन राख्दै १९ रन खर्चिए ।

आकाश चन्द ले ८.३ ओभरमा ४३ रन खर्चिएर २ विकेट लिँदा सुवास भण्डारीले १० ओभरमा तीन मेडनसहित १० रन खर्चिएर दुई विकेट लिए । उप कप्तान दीपेश कँडेलले एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top