ट्रेण्डिङ

होमपेज / खेलकुद

ला लिगा : बार्सिलोनाको उत्कृष्ट प्रदर्शन, मेस्सीको दुई गोल

नेपालगाथा २०७७ पौष २३ गते बिहीबार १३:३३:३८ मा प्रकाशित

लियोनल मेस्सीले २ गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई उसकै मैदानमा ३–२ गोलले पराजित गरेको छ। विल्बाओले खेलको तेस्रो मिनेटमै इनाकी विलियम्सको गोलमार्फत अग्रता लिएको थियो । त्यसको १० मिनेटपछि नै पेड्री गोन्जालेसले हेडमार्फत बार्सिलोनाका लागि बराबरी गोल फर्काए।

मेस्सीले ३८ औं मिनेटमा पेड्रीको ब्याकहिल र उनाइ सिमोनको पासको सदूपयोग गरी गोल गरे र पहिलो हाफमा २–१ को अग्रता दिलाए। ६२ औं मिनेटमा मेस्सीकै शशक्त प्रहार गोलमा परिणत हुँदा बार्सिलोनाले ३–१ को अग्रता बनायो । खेलको अन्तिम मिनेटमा विल्बाओका मुनिइनले २० यार्डबाट शानदार गोल गरे पनि जितका लागि पर्याप्त बनेन।

यो जितले रोनाल्ड कोम्यानको बार्सिलोनाले अंकतालिकामा रियल सोसिडाड र भिल्लारियललाई उछिन्दै तेस्रो स्थानमा पुगेको छ। बार्सिलोनाको १७ खेलबाट ३१ अंक छ। दोस्रो स्थानको रियल मड्रिडको पनि समान खेलबाट ३६ अंक छ भने २ खेल कम खेलेको एट्लेटिको मड्रिड ३८ अंकसहित शीर्ष स्थानमा छ। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top