ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य बढ्यो

नेपालगाथा २०८१ बैशाख १४ गते शुक्रबार १५:१५:१६ मा प्रकाशित

काठमाडौं। सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

विहिबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ८ सय रुपैयाँ कायम भएको थियो । तेजावी सुन तोलाको एक लाख ३५ हजार १ सय ५० मा रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कायम भएको छ । विहिबार चाँदी तोलाको १६ सय ५५  रुपैयाँ भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top