ट्रेण्डिङ

होमपेज / खेलकुद

लुकाकु चम्कँदा बेल्जियमको जित

नेपालगाथा २०७७ आश्विन २९ गते बिहीबार ०७:५५:५९ मा प्रकाशित

युइएफए नेसन्स लिग ‘ए’ ४ को शीर्ष होडमा रहेको बेल्जियमले आइसल्यान्डमाथि २–१ को जित दर्ता गर्दै शीर्षस्थानमा उक्लिएको छ । चौथो राउन्डको खेल सकिदा बेल्जियमको ९ तथा डेनमार्क र इंग्ल्यान्डको समान ७ अंक रहेको छ । आइसल्यान्ड अंकविहीन छ । बुधबार राति भएको खेलमा बेल्जियमको जितमा रोमेलु लुकाकुले दुवै गोल गर्दा आइसल्यान्डका बिर्किर सायभार्सनले एक गोल फर्काए । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।

आइसल्यान्डमा भएको खेलमा बेल्जियमले खेलको नवौं मिनेटमा नै लुकाकुको गोलबाट अग्रता लिएको थियो । उनले टोवी एल्डरवेइरेल्डको क्रसलाई पेनाल्टी बक्समा नियन्त्रणमा लिदै तीन डिफेन्डरबीचबाट उत्कृष्ट फिनिस गरेका थिए । १७औं मिनेटमा घरेलु टोलीले खेललाई १–१ गोलको बराबरीमा ल्याए । रुनर मार सिगुर जोन्सनको चलाखीपुर्ण पासमा बिर्किरले कुनै गल्ती गरेनन् ।

३८औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः खेलमा २–१ को अग्रता दिलाए । यसपटक उनले पेनाल्टीमार्फत गोल गरेका थिए । होल्मरले पेनाल्टी बक्समा लुकाकुमासथ फल गरेपछि रेफ्रीले बेल्जियमलाई पेनाल्टी प्रदान गरेको थियो ।दोस्रो हाफमा पनि बेल्जियमले घरेलु टोलीविरुद्ध बल पोजेसनमा बलियो पकड बनाएपनि थप गोल निस्कन सकेन । यस्तै यही समूहको अर्काे खेलमा १० खेलाडीमा समेटिएको इंग्ल्यान्ड डेनमार्कसँग १–० ले स्तब्ध हुदै शीर्षस्थानसमेत गुमाउन पुगेको छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top