ट्रेण्डिङ

होमपेज / खेलकुद

पहिलो टी-२० मा अष्ट्रेलियाविरुद्ध इंग्ल्याण्डको रोमाञ्चक जित

नेपालगाथा २०७७ भाद्र २० गते शनिबार १३:००:११ मा प्रकाशित

 

काठमाडौं । अस्ट्रेलियाविरुद्ध साउथह्याम्पटनमा भएको पहिलो टी ट्वान्टी खेलमा इंग्ल्याण्ड दुई रनले विजयी भएको छ। इंग्ल्याण्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १ सय ६० रन मात्र बनाउन सकेको हो। तीन टी ट्वान्टी र तीन एकदिवसीय खेलका लागि इंग्ल्याण्डमा रहेको अस्ट्रेलियाले पहिलो टी ट्वान्टी हारेको हो।

टस जितेर अस्ट्रेलियाले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको इंग्ल्याण्डले पूरा २० ओभर खेल्दै ७ विकेट जाँदा १ सय ६२ रन बनाएको थियो। इंग्ल्याण्डका जस बटलरले २९ बलमा ४४ रन साथै डेविड मलनले ४३ बलमा ६६ रन बनाए। अन्यले उल्लेख्य रन बनाउन सकेनन्। 

जवाफी ब्याटिङमा आएको अस्ट्रेलियाका लागि डेभिड वार्नरले ४७ बलमा ५८ रन, आरोन फिन्चले ३२ बलमा ४६ रन साथै मार्कस स्टोइनिसले १८ बलमा २३ रन बनाउन सके। इंग्ल्याण्डका जोफ्रा आर्चर र अदिल रसिदले दुई–दुई साथै मार्क उडले एक विकेट लिए। दुईबीच दोस्रो टी ट्वान्टी खेल आइतबार हुनेछ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top