ट्रेण्डिङ

होमपेज / खेलकुद

मेसीले भने ब्राजिललाई जिताउन ठूलाे षडयन्त्र भयो

नेपालगाथा २०७६ असार २२ गते आइतबार १३:५२:२८ मा प्रकाशित

कोपा अमेरिका फुटबलमा यो पटक जे भयो त्यो साँचिकै खराब भएको अर्जेन्टिनी फुटबल लिजेन्ड मेसीले दाबी गरेका छन्। उनले ब्राजिललाई जिताउने ठुलो षड्यन्त्र भएको र भ्रस्टचारमा पतियोगिता डुबेको भन्दै तेस्रो स्थानको प्लेअफको मेडल अस्विकार गरेका छन्।

त्यसो त मेसीले ग्यारी मेडलसँगको झगडापछि पहिलो हाफमा नै रातो कार्ड पाएका मेसी खेल सकिएपछि पनि पदक लगाउन मैदानमा गएनन्। उनले यो संस्करणको कोपा अमेरिका ब्राजिललाई जिताउने प्रपञ्च भएको बताएका छन्। ‘ब्राजिललाई जिताउने खेल भइरहेको छ, कुनै शंका छैन,’ मेसीले थपे ‘म यो भ्रष्टाचारको भागिदार हुन चाहन्न।

म सँधै साँचो बोल्छु, इमान्दार छु, त्यसैका कारण म शान्त पनि छु।’ रातो कार्डको बारेमा बोल्दै मेसीले भने ‘ब्राजिलका बारेमा केहि बोलेका कारण आज त्यसको प्रतिशोध लिएको छ। पछिल्लो पटक ब्राजिलकोविरुद्ध जे भनेँ, त्यसको प्रतिशोध लिएका हुन्। त्यो घटनामा पहेँलो कार्ड पर्याप्त थियो।’एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top