होमपेज / खेलकुद
काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ। लण्डनमा भएको खेलमा बंगलादेशले अफ्रिकालाई २१ रनले पराजित गर्दै विजयी सुरवात गरेको हो। ३३१ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३०९ रन मै समेटियो। दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाए। त्यस्तै, ऐडन मारक्रम र जेपी डुमेनीले समान ४५/४५ रन बनाए।
रसिइ भान डेर डुसेनले ४१ रन बनाउँदा डेभिड मिलर ३८ रन बनाए। बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिए। त्यस्तै मोहम्मद सइफुदिनले दुई विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले दक्षिण अफ्रिकालाई ३३१ रनको विशाल लक्ष्य दिएको थियो।