ट्रेण्डिङ

होमपेज / समाज

‘द मोर्डन खस पण्डित’ माथि चर्चा 

नेपालगाथा २०८३ श्रावण २२ गते शुक्रबार ११:०७:११ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक तथा लेखक डा.सुशील कुमार शाहीद्वारा लिखित पुस्तक ‘द मोर्डन खस पण्डित’का बारेमा समीक्षात्मक चर्चा गरिएको छ । मध्यपश्चिम विश्वविद्यालय अंग्रेजी, नेपाली केन्द्रीय विभागको आयोजना र सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो । 

पुस्तक माथि चर्चा गर्दै अंग्रेजी, नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख उपप्राध्यापक डाक्टर रेशमकुमार बिष्टले ‘द मोर्डन खस पण्डित’ नेपाली समाज, राजनीति, शिक्षा, संस्कृति र मानवीय सम्बन्धको बहुआयामिक चित्रण गर्ने महत्वाकांक्षी उपन्यास भएको चर्चा गर्नुभयो ।  उपन्यासले एउटा व्यक्तिको उत्थान र पतनमार्फत नेपालको सामाजिक राजनीतिक अवस्थालाई प्रतिबिम्बित गर्ने प्रयास गरेको बिष्टले चर्चा गर्नुभयो । 

लेखक शाहीले पुस्तकले खासगरी पाठकलाई केवल कथा मात्र नसुनाएर बरु कर्णाली प्रदेशको सभ्यता, वर्तमान अवस्था, हाम्रो राजनीति, शिक्षा, संस्कृति र भविष्यको बारेमा चर्चा गरेको बताउनुभयो । साथै उपप्रध्यापक तथा साहित्यकार बासुदेव पाण्डेले उपन्यासले राजनीतिक अस्थिरता, भ्रष्टाचार, शिक्षा प्रणालीको कमजोरी, युवा पलायन, सांस्कृतिक, नैतिक संकटजस्ता विषयलाई मनाेवैज्ञानिक जीवनसँग जोडेकाे बताउनुभयाे । 

उपप्राध्यापक छबिता शर्माले सञ्चालन गर्नुभएको कार्यक्रमको सभापतित्व डा. विनयकुमार दासले गनुभएको थियो । कार्यक्रममा मप विश्वविद्यालयका उपप्राध्यापक र विद्यार्थीहरु गरी करिब ६० जनाको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top