ट्रेण्डिङ

होमपेज / समाज

“भ्रामक सूचना र दुष्प्रचारविरुद्ध युवाको भूमिका” विषय कार्यशाला

अन्तर्राष्ट्रिय युवा दिवस २०२६ : ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’

नेपालगाथा २०८३ श्रावण २७ गते बुधबार १३:२२:१६ मा प्रकाशित

सुर्खेत। अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा हरिडिलभूमि माध्यमिक विद्यालयमा जानकारीमूलक कक्षा सञ्चालन भएकाे छ । राष्ट्रिय कृषक समूह नेपाल र VSO काे सहयाेगमा  ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा क्रियटिभ क्लव सुर्खेतले “भिन्न परिवेश, साझा आकांक्षा : भ्रामक सूचना र दुष्प्रचारविरुद्ध युवाको भूमिका” विषयमा विद्यालयका कक्षा ११ का विद्यार्थीलाई जानकारीमूलक कार्यशाला कक्षा सञ्चालन गरेकाे हाे । 

पछिल्लाे समयमा सामाजिक सञ्जालबाट प्रचार प्रसार भइरहेकाे भ्रामक र दुष्प्रचार सूचनाले कसरी मानिसलाई नकरात्मक प्रभाव पारिरहेकाे छ भन्ने सन्दर्भमा कार्यक्रम सान्दर्भिक प्रभावकारी भएकाे बताइएकाे छ । कार्यक्रमकाे सहजीकरण मध्पश्चिम विश्वविद्यालयका पत्रकारिता र आमसञ्चार विषयका उपप्राध्यापक त्रिभुवन बि.सी. र पत्रकार हिक्मत नेपालीले सहजीकरण गर्नुभएकाे थियाे । 

युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ प्रत्येक वर्ष दिवस मनाउने गरिएको छ । सन् २००० देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाइँदै आएको छ । अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या एक करोड २४ लाख १२ हजार १७३ जना अर्थात् कूल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत रहेकाे छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज घिमिरे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण हमाल र शिक्षकहरु र राष्ट्रिय कृषक समूह नेपालका प्रतिनिधिहरु धना जि.सी. र हरिकला चाैलागाइकाे समेत उपस्थित रहेकाे थियाे । टीका हमालले सञ्चालन गर्नभएकाे कार्यक्रममा ५० जना विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top