ट्रेण्डिङ

होमपेज / सहकारी

जनहितकारी साकोसको वित्तीय अवस्थामा प्रगति

नेपालगाथा २०८३ श्रावण ३० गते शनिबार २२:३९:११ मा प्रकाशित

सुर्खेत । जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुर्खेतको आर्थिक वर्ष २०८२/०८३ मा वित्तीय अवस्थामा उल्लेख्य प्रगति, नाफा वृद्धि र निष्क्रिय कर्जा नियन्त्रणमा सफलता प्राप्त गरेकाे छ । शनिबार वीरेन्द्रनगरमा सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा यस्ताे बताइएकाे हाे । 

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि हरिहरनाथ योगीले वर्तमान चुनौतीकाबीच सहकारी संस्थाहरूले वित्तीय अनुशासन, सुशासन, सदस्य केन्द्रित सेवा र व्यावसायिक व्यवस्थापनलाई प्राथमिकता दिँदै दिगो विकासतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

संस्थाका अध्यक्ष नवराज कंडेलको अध्यक्षतामा सम्पन्न भएकाे  समिक्षामा आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम, कार्यसम्पादन तथा वित्तीय अवस्थाको समीक्षा गरिएकाे थियाे । समिक्षामा प्रमुख कार्यकारी अधिकृत कृष्ण रावलले वार्षिक कार्यसम्पादन, वित्तीय उपलब्धि, SWOT Analysis तथा आगामी वर्षको रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुभयो।

आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षित खुद नाफा रु. ११.१४ लाख रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत रावलले आर्थिक वर्ष २०८२/०८३ को अपरिष्कृत खुद नाफा रु. ६८.१० लाख पुगेको बताउनुभयाे । जुन रु. ५६.९६ लाख अर्थात् ५१.३१ प्रतिशत वृद्धि हो। प्रभावकारी कर्जा असुली तथा जोखिम व्यवस्थापनबाट निष्क्रिय कर्जा अनुपात ३.३३ प्रतिशतमा कायम राख्न संस्था सफल भएको छ। उहाँले आगामी वर्ष नाफा अधिकतमकरण, दिगो वित्तीय वृद्धि, कर्जा गुणस्तर सुधार, जोखिम व्यवस्थापन, सदस्य सेवा विस्तार तथा प्रविधिको प्रभावकारी उपयोगलाई प्राथमिकतामा राखिने अधिकृत रावलले बताउनुभयो।

नायब प्रमुख कार्यकारी अधिकृत मित्रेन्द्रनाथ योगीले नीति तथा कार्यक्रमको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै संस्थागत क्षमता विकास, सदस्य सेवा विस्तार, शिक्षा तथा तालिम, प्रविधिको प्रयोग र सुशासनलाई थप प्रभावकारी बनाउने कार्यदिशा प्रस्तुत गर्नुभयो। यसैगरी वित्तिय प्रमुख बसन्त बहादुर बुढाले वित्तीय अनुशासन, बजेट कार्यान्वयन तथा लागत व्यवस्थापनमा जोड दिनुभयो।

अध्यक्ष नवराज कंडेलले वित्तीय उपलब्धि सञ्चालक समिति, व्यवस्थापन, कर्मचारी तथा सदस्यहरूको सामूहिक प्रयासको परिणाम भएको बताउँदै नाफा वृद्धिलाई दिगो, गुणस्तरीय र सदस्य केन्द्रित बनाउनु संस्थाको प्रमुख लक्ष्य रहेको बताउनुभयाे । समिक्षाले आगामी वर्ष वित्तीय सुदृढीकरण, बचत तथा शेयर पूँजी वृद्धि, निष्क्रिय कर्जा थप घटाउने, कर्जा गुणस्तर सुधार, जोखिम व्यवस्थापन, संस्थागत सुशासन तथा प्रविधिमैत्री सदस्य सेवा प्रवाहलाई प्राथमिकतामा राखी स्पष्ट लक्ष्य र कार्ययोजनासहित अघि बढ्ने निर्णय गरेको छ।

कार्यक्रममले आगामी आर्थिक वर्षका लागि रणनीतिक कार्यदिशा पनि तय गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top