ट्रेण्डिङ

होमपेज / समाज

क्षमता अभिवृद्धि तालिम सम्पन्न

सुन्दर नेपालका सुन्दर तीन दशक

नेपालगाथा २०८३ भाद्र ६ गते शनिबार २१:२४:०२ मा प्रकाशित

सुर्खेत । सुन्दर नेपाल संस्थाले ३०औं वार्षिक उत्सवका अवसरमा संस्थाका सदस्य तथा कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । सामुदायिक विकासमा तीन दशक पूरा गरेको अवसरमा संस्थालाई आगामी दिनमा थप प्रभावकारी तरिकाले बढ्नका लागि संस्थाले क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको संस्थाका कार्यकारी निर्देशक भूपेन्द्रप्रसाद कंडेलले जानकारी दिनुभयो । 

तालिमलाई त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक, सुन्दर नेपाल संस्थाका प्रमुख सल्लाहकार तथा संस्थापक उपाध्यक्ष वुद्धिप्रसाद सापकोटाले संगठनात्मक विकास र सञ्चारका विषयमा तालिम दिनुभएको थियो । यसैगरी मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक त्रिभुवन बि.सी.ले रिपोर्टिङ गर्दा प्रभावकारी फोटो र भिडियो कसरी लिने र कसरी रिपोटिङ गर्ने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो । 

सोही अवसरमा संस्थामा सञ्चालित विभिन्न परियोजनाको समीक्षा समेत गरिएको थियो । पोषण परियोजनाका कार्यक्रम संयोजक चन्द्र थापा, मध्यवर्ती क्षेत्र रिअलाइज २ परियोजनाका संयोजक सुमित कुमार रौनियार र एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमका कार्यक्रम व्यवस्थापक ओमप्रकाश थापाले आ आफ्नो परियोजनाले सञ्चालन गरेका विभिन्न कार्यक्रमको प्र्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । 

यसैगरी शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाका टिम लिडर खिमबहादुर रेग्मी, स्वास्थ्यका लागि ऊर्जा दोस्रो परियोजनाका फिल्ड संयोजक अनुप थापा र मिटिङ टार्गेट एण्ड मेन्टेइन एपिडेमिक कन्ट्रोल कार्यक्रमका शम्भु आचार्यले पनि आआफ्नो परियोजनले सञ्चालन गरेका विभिन्न कार्यक्रमका बारेमा प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा संस्थाका अध्यक्ष माया कुमारी सापकोटाले लैङ्गिक समावेशीकरण र सेफ गार्डका बारेमा जानकारी दिनुभएको थियो । यसैगरी संस्थाका कार्यकारी निर्देशक भूपेन्द्र प्रसाद कंडेलले संस्थाको नीति र आचारसंहिताका बारेमा प्रष्ट््याउनु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top