ट्रेण्डिङ

होमपेज / खेलकुद

स्पेनिस ‘कोपा डेल रे’ फुटबलको उपाधि भ्यालेन्सियाले जित्यो

नेपालगाथा २०७६ जेठ १२ गते आइतबार ११:३४:४४ मा प्रकाशित

स्पेनिस कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेको छ। फाइन्लमा बार्सिलोनालाई २–१ ले हराउँदै भ्यालेन्सियाले उपाधि उचालेको हो। पराजयसँगै सिजनको दोस्रो उपाधि जित्ने बार्सिलोनाको सपना अधुरै रह्यो। भ्यालेन्सियाले खेलको २१ औ मिनेटमा केभिन गेमिरोको गोलबाट अग्रता लिएको थियो। ३३ औ मिनेटमा रोड्रिगोले गोल गर्दै भ्यालेन्सियाको अग्रतालाई दोब्बर बनाएका थिए।

७३ औ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो पर्याप्त रहन सकेन। च्याम्पियन्स लिगमा लिभरपुलसँग पराजित हुदै बाहिरिएको बार्सिलोना कोपा डेल रेमा पनि हार ब्यहाेर्‍याे। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top