ट्रेण्डिङ

होमपेज / खेलकुद

न्यु होराइजन बुटवल वाईवाई कर्णाली प्रिमियर लिगको फाइनल प्रवेश

नेपालगाथा २०७६ बैशाख २० गते शुक्रबार १६:१५:२३ मा प्रकाशित

आयोजक कर्णाली-११ लाई पराजित गर्दै न्यु होराइजन बुटवल वाईवाई कर्णाली प्रिमियर लिगको सेमीफाइनल प्रवेश गरेको छ । 

सुर्खेत स्थित कालिन्चोक मैदानमा शुक्रबार विहान सम्पन्न खेलमा शक्ति गौचन कप्तानीको होराइजन ३ विकेटले विजयी भएको हाे। दोश्रो सेमीफाइनलमा आजै शशस्त्र प्रहरी बल ( एपीएफ ) र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्। 

शुक्रबार भएको वर्ष र हावाहुरीको कारण १३ ओभर प्रति/इनिंगमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको कर्णाली-११ ले ४ विकेट गुमाएर ६२ रनको योगफल तयार गरेको थियो।

कर्णाली-११ को लागि कृष्ण कार्कीले सर्वाधिक ३३ रन बनाए। पहिलो ३ विकेट १७ रनमा गुमेपछि कार्कीले अन्तिममा आक्रामक ब्याटिंग गर्ने क्रममा ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। होराइजनका बलर शक्ति गौचनले २ विकेट लिए। 

६३ रनको लक्ष्य होराइजन बुटवलले ११.५ ओभरमा ७ विकेट गुमाएर भेट्यो। जितमा शुबेन्दुपाण्डेले १८, निश्चल चौधरीले १०, बिशाल सुनारले अविजित १० तथा सुनिल धमलाले ८ रन बनाए। 

किशोर महतोले कर्णाली-११ को लागि ३ विकेट तथा प्रकाश जैसीले २ विकेट लिए पनि स्थानीय टिमलाई जित दिलाउन सकेनन्।

खेलको प्लेयर अफ द म्याच शक्ति गौचन चुनिए।

कर्णाली क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top