ट्रेण्डिङ

होमपेज / खेलकुद

आठौं राष्ट्रिय खेलकुद महिला भलिबलको उपाधि एपीएफलाई

नेपालगाथा २०७६ बैशाख ११ गते बुधबार १४:३०:२८ मा प्रकाशित

बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको उपाधि एपीएफ क्लबले जितेको छ । बाँकेस्थित शुक्र भलिबल कोर्टमा भएको फाइनल खेलमा प्रदेश तीनलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ क्लबले स्वर्ण पदक जितेको हो । यता, प्रदेश तीनले भने रजत पदकमै जित्त बुझाउन बाध्य बन्यो । २५-११, २५-१३ र २५-१३ को सेटमा पराजित गर्दै एपीएफले प्रदेश तीनलाई स्तब्ध बनाएको हो ।

त्यस्तै, महिला भलिबलमा नेपाल पुलिस क्लबले कास्य पदक जितेको छ । आजै भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै कास्य पदक जितेको हो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको उपाधि पनि एपीएफ क्लबले नै जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top