ट्रेण्डिङ

होमपेज / खेलकुद

सेलिब्रेसन महँगो हुन सक्ने क्रिस्टियानो रोनाल्डोलाई

नेपालगाथा २०७५ चैत्र ७ गते बिहीबार १४:१४:१४ मा प्रकाशित

मिलान । च्याम्पियन्स लिगको खेलअन्तर्गत एट्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक गोल गरेपछि गरेको सेलिब्रेसन क्रिस्टियानो रोनाल्डोका लागि महँगो साबित हुने भएको छ। युइएफएले सोमबार अनुसन्धान गर्ने जनाएपछि  रोनाल्डोको सेलिब्रेसन महँगो हुने देखिएको छ। प्रि–क्वार्टरफाइनलको दोस्रो लेगमा ह्याट्रिक गरेसँगै युभेन्ट्सका रोनाल्डोले एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोन्सको जस्तै अस्वाभाविक हाउभाउलाई दोहो¥याएका थिए।

प्रशिक्षक सिमोन्सलाई सोही हर्कतका लागि युरोपियन फुटबल निकायले कारबाही गरेको थियो। सोही घटनाका कारण युइएफएले  सिमोन्समाथि २० हजार युरो जरिवाना लगाएको थियो। सिमोन्सले प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा अस्वाभाविक हाउभाउ गर्दा दोस्रो लेगमा रोनाल्डोले सोही गतिविधि दोहोर्याएका थिए।

पहिलो लेगमा एट्लेटिकोले २–० को अग्रता लिँदा दोस्रो लेगमा रोनाल्डोले ह्याट्रिक गर्दै युभेन्ट्सलाई ३–० को जित दिलाए। त्यससँगै युभेन्ट्सले समग्रमा ३–० को सफलतासँगै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। युभेन्ट्सले क्वार्टरफाइनलमा अयाक्सलाई प्रतिद्वन्द्वीको रूपमा पाएको छ। अयाक्ससँगको पहिलो लेग अप्रिल १० र दोस्रो अप्रिल १६ मा टुरिनमा हुनेछ।

यदि, रोनाल्डोमाथि केही खेल प्रतिबन्ध लागेमा अयाक्ससँगको उक्त खेल गुमाउनेछन्। रोनाल्डोमाथिको कारबाहीको निर्णय भने आगामी बिहीबार सुनाइने युइएफएले जनाएको छ। यता, युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने रोनाल्डोमाथि जारिवाना वा प्रतिबन्ध नलगाइनेमा आफू ढुक्क रहेको बताएका छन्। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top