ट्रेण्डिङ

होमपेज / खेलकुद

साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा नेपाल

नेपालगाथा २०७५ चैत्र ६ गते बुधबार १६:४४:४८ मा प्रकाशित

काठमाडौँ । नेपालले वुमेन्स साफ च्याम्पियनसिपको फाइनल बुधबार प्रवेश तय गरेको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिमले श्रीलंकालाई सहिद रंगशालामा भएको खेलमा ४-० ले पराजित गरेको हो ।

नेपाल प्रतियोगिताको इतिहासमा फाइनल पुगेका यो चौथो पल्ट हो। प्रतियोगिताका पाँच संस्करणमध्ये नेपाल एकै अवसरमा मात्र सेमिफाइनलमै रोकिएको छ। यसपल्ट नेपालले कुनै पनि गोल नखाएर फाइनल यात्रा तय पारेको हो।

अहिलेसमम नेपालले उपाधि भने जितेको छैन्। यस्तोमा अब नेपालसामु आफ्नै भूमिमा पहिलो पल्ट उपाधि चुम्ने अवसर हुनेछ। नेपाल अब शुक्रबार हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन भारत अथवा बंगलादेशको सामना गर्नेछ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा श्रीलंकाले पहिलो हाफमा बलियो रक्षापंक्तिको नमुना पेस गरेपनि त्यसलाई खेलको अन्त्यसम्म कायम राख्न सकेन्। श्रीलंकामाथि नेपालको यो लगातार जित हो।
नेपालका लागि पहिलो गोल पुनम जर्घामगरले गरिन्। उनले ४२ औं मिनेटमा पेनाल्टी बक्सभित्र पाएको पासलाई नजिकको दूरीबाट गोल गरेकी हुन्।

दोस्रो गोल अनिता वस्नेतको नाममा रह्यो र यो ७३ औं मिनेटमा सम्भव भयो। सावित्री भण्डारीले ८२ औ मिनेटमा हेडबाट तेस्रो गोल थपिन्। रेखा पौडेलले ८६ औं मिनेटमा चौथो गोल गरिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top