होमपेज / खेलकुद
विराटनगर । विराटनगरको शहीद रंगशालामा जारी पाँचौं साफ च्याम्पियनसिप फुटबलमा नेपालसामू बंगलादेश निरीह बनेको छ। ३ बजेदेखि सुरु भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई ३ गोलले पराजित गरेको छ। पहिलो हाफमा नेपालले लगाएको ३ गोल नै नेपालको विजयका लागि काफि बनेको थियो। खेलको २३ औ मिनेटमा बाँया भागबाट बल अघि बढाउँदै गोलकिपरलाई समेत छलाउँदै सावित्राले नेपालको अग्रता दोब्बर पारेकी थिईन्।
त्यस लगत्तै उनको पासमा मञ्जली कुमारी योञ्जनले अर्को गोल थपिन्। बंगलादेशविरुद्व नेपालले सुरुवातबाटै निरन्तर दबाब बढाएको छ। नेपालले डिफेन्स, मिडफिल्डर र फरवार्ड लाईनमा सुधारिएको खेल प्रर्दशन गरेको छ। नेपालले कसिलो डिफेन्सको नमुना प्रस्तुत गर्दा बंगलादेशी खेलाडीले नेपाली पोस्टमा धावा बोल्न सकेनन्। यो जितसँगै नेपाली टिम समुह विजेता बनेको छ। आजको प्रतिस्पर्धामा बंगलादेश पराजित भएपनि सेमिफाइनल भने प्रवेश गरिसकेको छ।
यसअघि बंगलादेशले भुटानलाई ६ गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको थियो। समूह चरणबाट भुटान बाहिरिएको छ भने समूह बिबाट माल्दिभ्स बाहिरिएको छ। आइतबार दिउँसो ३ बजे शहीद रंगशाला विराटनगरमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।