ट्रेण्डिङ

होमपेज / खेलकुद

अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल

नेपालगाथा २०७५ फाल्गुण १५ गते बुधबार १३:४८:५९ मा प्रकाशित

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित पशुपतिघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल थालिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने उल्लेख गरेकामा त्यसअनुरुप सरकारले पहल शुरू गरेको हो । क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपोखरीस्थित पशुपतिघाट क्षेत्रको जग्गा सरकारी टोलीले मङ्गलवार स्थलगत अवलोकन गरेको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन नेतृत्वको टोलीले स्थलगत रुपमै क्रिकेट मैदानको सम्भाव्यता अध्ययन एवं अवलोकन गरेको मन्त्रालयका उपसचिव तेजप्रसाद काफ्लेले जानकारी दिए ।

विसं २०७१ मा तत्कालीन क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको विशेष पहलमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि उक्त स्थानलाई उपयुक्त ठहराइएको तत्कालीन पोखरा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण समितिका सचिवसमेत रहेका नेपाल क्रिकेट सङ्घ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । 'उक्त जग्गालाई क्रिकेट मैदान निर्माणका लागि उपयोग गर्ने गरी तत्कालीन समयमा पनि पहल भएको हो,' उनले भने, 'भौगोलिक अवस्थिति समेतका आधारमा यो स्थल क्रिकेट मैदानका लागि अत्यन्त उपयुक्त छ ।' 

प्रतिक्रिया

सम्बन्धित खवर

Top