ट्रेण्डिङ

होमपेज / खेलकुद

रियल मेड्र्डका कप्तान जानीजानी 'फल' हानेकोमा दोषी ठहर

नेपालगाथा २०७५ फाल्गुण १५ गते बुधबार १२:५९:२८ मा प्रकाशित

एजेन्सी । जानीजानी पहेलों कार्ड खाएको मामिलामा रियल मेड्रिडका कप्तान सर्जियो रामोस दोषी प्रमाणित भएका छन् । युरोपेली फुटबलको सर्वोच्च निकाय युईएफएले आफ्नो जाँचमा च्याम्पियन्स लिगविरूद्दको अन्तिम १६ का लागि खेलिएको पहिलो लेगमा रामोसलाई दोषी पाएको हो। उनले अजाक्सका कास्परलाई खेलको ८९ मिनेटमा जानीजानी फल हानेका थिए। दोषी भएसँगै उनले दोश्रो लेगको खेल गुमाएका छन् ।

सो म्याचपछि रामोसले आफूले 'जानीजानी फल गरेको होइन भनेमा त्यो झुट हुने' बयान दिएका थिए । युइएफएको नियम अनुसार कुनै पनि खेलाडीले जानीजानी पल गरेमा दुई खेलसम्मको प्रतिबन्ध लगाउन सकिनेछ । फरबरी १८ मा उनलाई एक वा दुई खेलको प्रतिबन्ध लाग्ने भन्ने बारेमा निर्णय हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top