ट्रेण्डिङ

होमपेज / खेलकुद

प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा महेन्द्रनगर

नेपालगाथा २०७५ फाल्गुण १० गते शुक्रबार १३:३३:२९ मा प्रकाशित

काठमाडौं । काठमाडौं गोल्डेन्सले क्वालिफायर खेल बहिस्कार गरेपछि महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रबार क्वालिफायर खेलका लागि निर्धारित समयमा काठमाडौं गोल्डेन्सका खेलाडी मैदानमा नआएपछि अफिसियलहरुले महेन्द्रनगरलाई विजेता घोषणा गरेका हुन् ।

तोकिएको समयमा काठमाडौं गोल्डेन्स मैदान प्रवेश नगरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को नियमअनुसार महेन्द्रनगरलाई विजेता घोषित गरेको रेफ्री समीर खानले जानकारी दिए । यसअघि बिहीबार काठमाडौं गोल्डेन्सका अलराउन्डर विदेशी खेलाडी अंकित दबासलाई डीपीएलको टुर्नामेन्ट टेक्निकल कमिटीले आगामी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

काठमाडौंले त्यसकै विरोधमा खेल बहिस्कार गरेको हो । उसले शुक्रबारको क्वालिफायर मात्रै नभएर कुनै पनि संस्करण नखेल्ने घोषणा गरेको छ । अब डीपीएलको फाइनलमा महेन्द्रनगरले सीवाईसी अत्तरियासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top