ट्रेण्डिङ

होमपेज / खेलकुद

न्युजिल्यान्डले बंगलादेश विरुद्धको एक दिवसीय सिरिज क्लीन स्वीप

नेपालगाथा २०७५ फाल्गुण ८ गते बुधबार १६:४८:०३ मा प्रकाशित

न्युजिल्यान्डले बंगलादेश विरुद्धको एक दिवसीय सिरिज क्लीन स्वीप गरेको छ। बुधवार भएको अन्तिम एक दिवसीय खेलमा पनि न्युजिल्यान्ड विजयी भएपछि सिरिज क्लीन स्वीप गर्न न्युजिल्यान्ड सफल भएको हो। बुधवार भएको अन्तिम एक दिवसीय खेलमा घरेलु टोली न्युजिल्यान्ड ८८ रनले विजयी भयो। तीन खेलको सिरिजमा जितसँगै बंगलादेशले सिरिज ३–० ले जित निकालेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३० रन बनाएको थियो। न्युजिल्यान्डका लागि रोश टेलरले ८२ बलमा ७ चौका प्रहार गर्दै ६९ रन बनाए। टेलरले न्युजिल्यान्डका लागि ८ हजार रनको कीर्तिमान कायम गरेका छन्। न्युजिल्यान्डबाट वान डे क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी पनि टेलर बनेका छन्। टेलरले वान डे खेलमा कुल ८ हजार २६ रन बनाएका छन्।

यसअघि सर्वाधिक रनको कीर्तिमान स्टीफन फ्लेमिङ्गले ८ हजार ७ रन बनाएका छन्। त्यस्तै बंगलादेशलाई विशाल लक्ष्य प्रस्तुत गर्न हिनरी निकोलस ६४,टम लाथम ५९,जेम्स निसम र कोलीन डी ग्रान्ड होमले समान ३७ रन बनाए। ओपनर मार्टिन गप्टिल २९,कोलिन मुनरो ८ रनमा आउट हुँदा मिचेल सेन्टनर १६ रनमा अविजित रहे। बंगलादेशका मुस्तफिजुर रहमान २, मशरफे मुोर्तजा,रुवेल हसन,महेदी हसन र मोहम्मद सैफुद्दीनले समान एक एक विकेट लिए।

३ सय ३१ रनको लक्ष्य पक्ष्याउने क्रममा बंगलादेश ४७.२ ओभरमा २ सय ४२ रनमा समेटियो। बंगलादेशका लागि सब्बीर रहमानले शतक प्रहार गरे पनि टोलीको हार टार्न सकेनन्। रहमानले १ सय १० बलमा १२ चौका र २ छक्का सहित १ सय २ रन बनाउँदै हारको अन्तर घटाए। मोहम्मद सैफुद्दीन ६३ बलमा ४ चौका प्रहार गर्दै ४४ रन जोडे।

न्युजिल्यान्डका लागि टिम साउथीले ९.२ ओभरमा १ मेडन सहित ६५ रन खर्चेर ६ विकेट लिए। त्यस्तै ट्रेन्ट बोल्टल २ र कोलिन डी ग्रान्ड होमको नाममा १ विकेट रह्यो। यस अघि पहिलो र दोस्रो खेलमा न्युजिल्यान्ड समान ८ विकेटको जित निकालेको थियो। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top