होमपेज / खेलकुद
मुख्यमन्त्री रनिङ्ग सिल्ड भलिवल प्रतियोगिताको उपाधिको लागि भोली पुरुष तर्फ सल्यान र रुकुम पश्चिम भिड्ने भएका छन।
आज भएको खेलमा सल्यानले दैलेखलार्इ र रुकमले सुर्खेतलार्इ पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन।
समूह चरणको पहिलो खेलमा रुकुमलार्इ हारको स्वाद चखाएको सल्याल पुनः जित हातपार्दै उपाधि चुम्ने दाउमा रहेको छ।
यस्तै पहिलो खेलमा सल्यालसंग पराजित भएको रुकुम भने हारको बदलालिदै उपाधि भित्र्याउने शुरमा छ।
आजै भएको सेमिफाइनलमा घरेलु टोली सुर्खेतलार्इ उसकै मैदानमा ३ शुन्यको सोझो सेटमा पाखा लागउदै रुकुम उपाधि नजिक पुगेको हो।
समूह चरणको खेलमा रुकुम र हुम्ला तथा सेमिफाइनलमा दैलेखलाई हराएको सल्यान ६ अकंका साथ शिर्षस्थानमा रहदै उच्च मनोबलका साथ मैदान उत्रिदैछ।
यता रुकुम भने सुमह चरणको खेलमा एक मा हार र एकमा जित निकाल्दै चार अंकका साथ दोस्रो स्थानमा रहेको छ।
यस्तै महिला तर्फको उपाधिको लागी कालिकोटले रुकुमको सामना गर्ने भएको छ।
जिल्ला खेलकुद विकास समितिको खेलमैदानमा भएको रोमाञ्चक खेलमा कालिकोटले सुर्खेतलार्इ र रुकुमले दैलेखलार्इ हराउदै उपाधि भिड्न्त पक्का गरेका हुन।
यसैबीच घरेलु टोली सुर्खेत दैलेखलार्इ पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
दैलेखलार्इ ३ (१ को सेटमा पराजित गर्दै सुर्खेतले नगत पचास हजार सहित तेस्रो स्थानमा आफ्नो नाम लेखाएको छ।
यता महिला तर्फ भने सुर्खेतलार्इ पाखा दैलेखले तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
प्रतियोगिताको उपाधि विजेताले महिला पुरुष दुवैतर्फ समान एक एक लाख रुपैयाँ हात पार्ने छन्।
उपविजेताले ७५ हजार हात पर्दा तेस्रो हुनेले ५० हजार पाउने आयोजकले सामाजिक विकास मन्त्रालयले जनाएको छ।