ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालले उपाधिका लागि म्यानमारसँग खेल्दै

नेपालगाथा २०७५ फाल्गुण ३ गते शुक्रबार १०:३१:४० मा प्रकाशित

काठमाडौं । हिरो महिला गोल्डकप फुटबलको उपाधिका लागि नेपालले आज राति म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा उपाधिका लागि नेपाल र म्यानमारबीच फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समय अनुसार बेलुकी ६ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

राउण्ड रोविनको आधारमा भएको खेलमा म्यानमार शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहंदै फाइनलमा प्रवेश गरेका हुन् । राउण्ड रोविन लिगमा तीन खेलमा तीनै खेल जित हात पार्दै म्यानमारले ९ अंक बनाएको थियो । यता, नेपालले भने तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

नेपाल र म्यानमार फाइनलमा पुग्दा आयोजक भारत र इरानभने लिग राउण्डबाटै बाहिरिएका थिए । लिग राउण्डमा नेपालले पहिलो खेलमा म्यानमारसँग ३–० गोलको हार ब्यहोरेको थियो । त्यसकारण म्यानमारलाई फाइनलमा पराजित गर्दै नेपाल हिरो महिला गोल्डकपको उपाधि उचाल्ने लक्ष्यमा रहेको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा भने आयोजक भारतलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । आफ्नो तेस्रो खेलमा इरानलाई नेपालले ३–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यता, म्यानमारले भने आफ्नो दोस्रो खेलमा इरानलाई २–० ले र तेस्रो खेलमा भारतलाई २–० गोलले नै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top