होमपेज / खेलकुद
काठमाडौं । हिरो महिला गोल्डकप फुटबलमा इरानविरुद्धको खेलमा नेपालले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको छ । भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा सुरु भएको खेलको पहिलो हाफमा नेपालले अग्रता लिएको हो । अनिता बस्नेतले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी छिन् । उनले खेलको ४१ औं मिनेटमा गोल गरिन् । नेपालले इरानलाई पराजित गरेमा फाइनल पुग्ने सम्भावनालाई बलियो बनाउनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा म्यानमारसँग पराजित भएपनि दोस्रो खेलमा घरेलु टोली भारतलाई २–१ गोलअन्तरले पराजित गर्दै उच्च मनोबल बनाएको थियो । यता इरान भने यसअघिका दुबै खेलमा हार्दै प्रतियोगिताबाटै बाहिरिसकेको छ । नेपाल अहिले अंक तालिकाको तेस्रो स्थानमा छ ।
दुबै खेलमा शतप्रतिशत जित हात पारेको म्यानमार शीर्ष स्थानमा रहेको छ । एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको भारत दोस्रो स्थानमा छ । पहिलो र दोस्रो हुने टिम फाइनलमा प्रवेश गर्नेछन् ।