होमपेज / खेलकुद
सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले खेलकुदका क्षेत्रहरुमा प्रदेश सरकारको साथ सहयोग सधै रहने बताउनु भएको छ । मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाल इआइदो तथा केन्दो संघ कर्णाली प्रदेशको उद्घाटन गर्दै मन्त्री रावलले यस्तो बताउनु भएको हो । समृद्धिको यात्रा युवाको काँधमा भएको भन्दै उहाँले अबको संस्कार, संकृती, खेलकुदका क्षेत्रहरु युवाहरुको काँधमा आएकाले सबै क्षेत्रहरुमा युवाहरुले नेत्तृत्व गर्नुपर्ने बताउनु भयो । कर्णाली प्रदेशका खेलकुद क्षेत्रको विकासको लागि सबै खेलप्रमिहरु एकजुट भएर लाग्नुपर्ने पनि मन्त्री रावलले बताउनु भयो । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद खेलकुदका लागि राष्ट्रिय एकता राष्ट्रिय गौरव’ भन्ने मुल नारा सहित कर्णाली प्रदेशमा केन्दो संघ स्थापना भएको हाे । नेपाल इआदाे तथा केन्दो संघले आयोजना गरेको कार्यक्रममा केन्दोको अध्यक्ष उपाध्यक्ष लगायत अन्य पदाधिकारीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा कर्णाली प्रदेशका भएका सम्पूर्ण क्षेत्रका खेलप्रमि तथा अन्य विभिन्न राजनितिक दलहरुका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
