ट्रेण्डिङ

होमपेज / खेलकुद

महिला फुटबल अन्तर्गत नेपाल–भारत खेल्दै

नेपालगाथा २०७५ माघ २८ गते सोमबार १३:३०:०१ मा प्रकाशित

काठमाडौं । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ। पहिलो खेलमा म्यानमारसँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ। नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे सुरू हुनेछ। 

 

घरेलु टोलीविरूद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित नेपाललाई भारतविरूद्धको खेल जित्नै पर्ने दबाब छ। आजको खेलमा पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ। प्रतियोगितामा एक/एक जित निकालेको भारत र म्यानमारको समान तीन/तीन अङ्क छ। नेपाल र इरानले अङ्क जोड्न सकेका छैनन्। राउण्ड रोविन आधारमा हुने खेलमा शीर्ष दुईले फाइनल खेल्ने छन्। रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top