ट्रेण्डिङ

होमपेज / खेलकुद

रियल र बार्सिलोना मड्रिडको खेल बराबरी

नेपालगाथा २०७५ माघ २४ गते बिहीबार १२:२९:५४ मा प्रकाशित

काठमाडौं । स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड बार्सिलोनासँग १–१ गोलको बराबरीमा रोकिएको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियलले एक गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो। खेलको छैटौं मिनेटमा लुकास भाज्क्वेजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० को अग्रता बनाएको रियलविरुद्ध घरेलु टोली बार्सिलोनाका माल्कोमले ५७ औं मिनेटमा बराबरी गोल फर्काए। बार्सिलोनाले स्ट्राइकर लियोनल मेस्सीलाई पुर्ण रुपमा फिट नहुँदा पनि दोस्रो हाफमा मैदानमा छिराएको थियो। तर, मेस्सी गोल गर्न असफल भए। यो बराबरीले दुवै टोलीलाई फाइनल पुग्न ढोका खुल्ला भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top