ट्रेण्डिङ

होमपेज / खेलकुद

‘मुख्यमन्त्री भलिबल रनिङशिल्ड’ प्रतियोगिता हुँदै

नेपालगाथा २०७५ माघ २३ गते बुधबार १४:३९:२० मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा मख्यमन्त्री रनिङ शिल्ड प्रतियाेगिता हुने भएकाे छ । महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने लागिएकाे हाे । सामाजिक विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन मार्फत फागुन १ देखि ४ गतेसम्म भलिबल प्रतियोगिता हुने जानकारी गराएको हो ।

खेलमा प्रत्येक जिल्लाबाट महिला र पुरुष गरी २३ जनाको सहभागिता रहने मन्त्रालयका सचिव डा‌.मानबहादुर विकले जानकारी दिनुभयाे । हुम्ला र डोल्पाका खेलाडीका लागि दुईतर्फी हवाई टिकट तथा अन्य जिल्लाका खेलाडीका लागि बस टिकटको व्यवस्था साथै खेलाडीलाई दैनिक एक हजार रुपैयाँ बराबरको खानाखर्चको व्यवस्था गरिएको समेत उहाँले बताउनु भयाे

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः एक लाख, पचहत्तर हजार र पचास हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रदेश सरकारले वार्षिक खेलकुदको कार्यक्रमको लागि ५० लाख रकम छुट्याएको र प्रदेश खेलकुद विकास समितिले खेलकुद तयारीका लागि प्रत्येक जिल्ला खेलकुद विकास समितिलाई एक/एक लाख सबै जिल्लामा पठाएको डा. विकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top