ट्रेण्डिङ

होमपेज / खेलकुद

टी–२० वरियता युएई सिरिज जितेपछि प्राप्त

नेपालगाथा २०७५ माघ २२ गते मंगलबार १४:४६:२६ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को वरियतामा समावेश भएको छ। युएईविरुद्धको तीन एक दिवसीय र तीन टी–२० सिरिज जितेपछि नेपाली टोलीलाई आइसीसीले वरियतामा समावेश गरेको हो। आइसीसीले समावेश गरेको वरियतामा नेपाल १४ औं स्थानमा छ। नेपालले ७ खेलमा ३ सय ३ अंक र ४३ रेटिङ पाएको छ। वरियतामा युएई, हङकङ, ओमान र आयरल्याण्डभन्दा नेपाल अघि छ।

सन् २०१४ को टी–२० विश्वकप खेलेपछि नेपाल पहिलो पटक टी–२० वरियतामा प्रवेश पाएको थियो। त्यो बेला आइसीसीले नेपाललाई १५ औं स्थानमा समावेश गरेको थियो। तर, २०१५ मा विश्वकप छनोटमा खराब प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएपछि नेपालको टी–२० वरियता खोसिएको थियो । वरियताको पहिलो स्थानमा पाकिस्तान रहेको छ। त्यस्तै भारत, दक्षिण अफ्रिका,  इङ्ल्याण्ड अष्ट्रेलिया क्रमश दोस्रो तेस्रो, चौंथो र पाँचौं स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top