ट्रेण्डिङ

होमपेज / खेलकुद

रास्फोर्डको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

नेपालगाथा २०७५ माघ २१ गते सोमबार १६:२७:५९ मा प्रकाशित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीमाथि १–० को कठिन जित निकालेको छ। आइतबार राति लेस्टरको घरेलु मैदानमा भएको खेलमा युनाइटेडको जितमा खेलको ९ औं मिनेटमा मार्कुस रास्फोर्डले निर्णायक गोल गरे। रास्फोर्डले पाउल पोग्बाको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन्। योसँगै जारी सिजनमा रास्फोर्डले १० गोल गरिसकेको छन्।

लेस्टरलाई पराजित गरेसँगै युनाइटेडले पछिल्ला १० खेलमा अपराजित यात्रा कायमै राख्न सफल भएको छ । जितसँगै २५ खेलबाट ४८ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा उक्लिएको छ। पराजित लेस्टर भने ३२ अंक जोड्दै ११ औं स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top