ट्रेण्डिङ

होमपेज / खेलकुद

बंगलादेशमा चम्किए सन्दीप

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार ०८:२४:४६ मा प्रकाशित

काठमाडौं । नेपाली युवा स्टार स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल)मा पनि डेब्यु गरेका छन् । सिल्हेट सिक्सर्सको तर्फबाट खेलेका सन्दीपले कोमिल्ला भिक्टोरियन्सविरुद्धको डेब्यु खेलमा जम्मा १६ रन दिएर २ विकेट हात पारेका हुन् ।

सन्दीपले पाकिस्तानी स्टार ब्याट्सम्यान शोएब मल्लिकलाई सब्बीर रहमानको हातबाट क्याच आउट गराए भने अमिनुल हकलाई बोल्ड गरे । आफ्नो ४ ओभरको स्पेल पूरा गर्ने क्रममा सन्दीपविरुद्ध एउटा पनि बाउण्ड्री प्रहार भएन । १२ बलमा त उनले कुनै पनि रन दिएनन् ।

पहिले नै गरिएको सम्झौताअनुसार सन्दीप बिग बाश लिग बीचमै छाडेर बीपीएल खेल्न बंगलादेश आएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top