ट्रेण्डिङ

होमपेज / विचार

'कमरेडहरु पार्टी अन्र्तसंघर्षमा होस नगुमाऔं' - नेता बिष्ट

ठम्मर बिष्ट

नेपालगाथा २०७७ मंसिर ४ गते बिहीबार २२:०५:४४ मा प्रकाशित

चाइनामा अन्र्तसंघर्ष र दुईलाइन संघर्षको नाउँमा माओको अगाडि कैयन आफ्ना समकक्षीहरुले जेल, नेल, यातना र मृत्युको सामना समेत गर्नु पर्यो ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको अन्र्तसंघर्षको इतिहासलाई हेर्यौं भने प्राय नकारात्मक परिघटनाको रुपमा चित्रित भएर रहेको छ । दुई लाइन संघर्ष र अन्र्तसंघर्षको परिघटनालाई केलायौ भने रसियन सोसियल डेमोक्रेटिक लेबर पार्टी त्यस्तो पार्टी हो जहाँ स्टालिनले पार्टी भित्रको सत्तालाई दुरुपयोग गर्दै पोलिटब्युरोमा रहेका लिअन ट्रष्की, लेभकामेनेभ, ग्रिगोरी जिनोभियभ, निकोलाई भुखारिन, एलेक्जिरीकोभ, मिखाएल टम्स्की लगायत पोलिटब्युरोे र केन्द्रीय समितिका सय जनाभन्दा बढी समकक्षी र सहयोद्धाहरुको हत्या मात्र गरेनन् ज्यान जोगाउनलाई बिदेशमा लुकेर बसेका नेताहरुलाई सरकारी जासुसीहरुको प्रयोग गरेर हत्या र बेपत्ता पार्ने काम समेत गरे । यस्तै चाइनामा अन्र्तसंघर्ष र दुईलाइन संघर्षको नाउँमा माओको अगाडि कैयन आफ्ना समकक्षीहरुले जेल, नेल, यातना र मृत्युको सामना समेत गर्नु पर्यो ।

सांस्कृतिक क्रान्तिका नाममा करिब १५ लाख मान्छेहरु मारिए । आफ्नै समकक्षी लिन ब्याओ, लिसाओची लगायतका कैयन नेताहरुले दमन, जेल, नेल र हत्याको सामना समेत गर्नु पर्यो । पछि त्यसको बदला स्वरुप देङसाओफेङ सत्तासिन भएपश्चात माओकालिन क्रान्तिकारी सहयोद्धाहरुलाई ग्याङ अफ फोरको नाममा दर्ज गर्दै माओकी आफ्नै श्रीमती जियाङकीङ, झयाङचुङकाओ, ओआनियन, वाङहङवन लगायत ४ जना पार्टीका अगुवाहरुलाई जेलमै सडाएर प्रतिसोध पुर्ण राजनैतिक हत्या गरियो ।

सांस्कृतिक क्रान्तिका नाममा करिब १५ लाख मान्छेहरु मारिए । आफ्नै समकक्षी लिन ब्याओ, लिसाओची लगायतका कैयन नेताहरुले दमन, जेल, नेल र हत्याको सामना समेत गर्नु पर्यो । पछि त्यसको बदला स्वरुप देङसाओफेङ सत्तासिन भएपश्चात माओकालिन क्रान्तिकारी सहयोद्धाहरुलाई ग्याङ अफ फोरको नाममा दर्ज गर्दै माओकी आफ्नै श्रीमती जियाङकीङ, झयाङचुङकाओ, ओआनियन, वाङहङवन लगायत ४ जना पार्टीका अगुवाहरुलाई जेलमै सडाएर प्रतिसोध पुर्ण राजनैतिक हत्या गरियो ।

बंगलादेशमा कम्युनिष्ट पार्टीहरुको यस्तो कन्तबिजोग भयो कि दुईलाईन सघर्ष र अन्र्तसंघर्षको नाममा पार्टी खिइदै जाँदा एक पार्टी तीन तिर भयो । तीन नेताले तीनवटा पार्टी खोले र एकले अर्कालाई प्रतिक्रियावादी र बिदेशी दलालका एजेण्ट भन्दै कम्युनिष्ट पार्टीको नैं बिसर्जन गर्ने बाटो समाए । 

निकारागुवामा कम्युनिष्ट पार्टी सत्तामा गैसकेपछि कम्युनिष्ट सहयोद्धाहरुको नैं दुरुपयोग गरी कोन्ट्राको नामबाट सान्दानिष्टा कम्युनिष्ट पार्टी र कमरेडहरुको विभत्स हत्या मात्र गरिएन सत्ता सँगसँगै त्यहाँको कम्युनिष्ट पार्टी सान्दानिष्टा इतिहाँसमा सधैंका लागि बिसर्जन हुन पुग्यो । यस्तै बंगलादेशमा कम्युनिष्ट पार्टीहरुको यस्तो कन्तबिजोग भयो कि दुईलाईन सघर्ष र अन्र्तसंघर्षको नाममा पार्टी खिइदै जाँदा एक पार्टी तीन तिर भयो । तीन नेताले तीनवटा पार्टी खोले र एकले अर्कालाई प्रतिक्रियावादी र बिदेशी दलालका एजेण्ट भन्दै कम्युनिष्ट पार्टीको नैं बिसर्जन गर्ने बाटो समाए । 

नेपालमा समेत कम्युनिष्ट पार्टीमा अन्र्तसंघर्ष र दुईलाइन संघर्षको नाममा टुटफुट, बिग्रह र विभाजन मात्र बहोर्नु परेन कम्युनिष्ट पार्टी निर्माणदेखि अहिलेसम्मका शान्तिपुर्ण र सशस्त्र संघर्षका क्रममा धेरै सहयोद्धाहरु गुमनाम समेत भएको प्रत्यक्ष र परोक्ष परिघटनाहरु इतिहाँसमा चित्रित भएर रहेका छन् । 

नेपालको सन्दर्भमा केही सकारात्मक परिघटना के बनेको छ भने हिजो चाहे एमाले/माले फुट्दा वा जुट्दा होस् वा जनयुद्धका क्रममा हतियार धारी फौंजहरुकै बीचमा प्रचण्ड, किरण र बाबुरामले चलाएका अन्र्तसंघर्ष र दुईलाइन संघर्षका नाममा भएका परिघटनाहरुलाई भौतिक द्वन्द्व र रक्तपातमा रुपान्तर हुनबाट रोक्न नेतृत्व सफल भएको थियो । यद्यपि त्यस्ता अन्र्तसंघर्षले पार्टी बन्ने भन्दा धारासाही हुने बाटोतिर लागेको कुरा इतिहाँसमा प्रमाणित भैसकेको छ ।

नेपालको सन्दर्भमा केही सकारात्मक परिघटना के बनेको छ भने हिजो चाहे एमाले/माले फुट्दा वा जुट्दा होस् वा जनयुद्धका क्रममा हतियार धारी फौंजहरुकै बीचमा प्रचण्ड, किरण र बाबुरामले चलाएका अन्र्तसंघर्ष र दुईलाइन संघर्षका नाममा भएका परिघटनाहरुलाई भौतिक द्वन्द्व र रक्तपातमा रुपान्तर हुनबाट रोक्न नेतृत्व सफल भएको थियो । यद्यपि त्यस्ता अन्र्तसंघर्षले पार्टी बन्ने भन्दा धारासाही हुने बाटोतिर लागेको कुरा इतिहाँसमा प्रमाणित भैसकेको छ ।
यो एउटा कालो बादलभित्र चाँदीको घेरा भने जस्तै सकारात्मक पाटोको रुपमा पनि लिन सकिएला । तर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा महारोगको रुपमा चित्रित भएको छ कि सँगै बस्दा र मन मिल्दा कमरेड र क्रान्तिकारी देख्ने र आफुभन्दा थोरै मन मिलेन भने दलाल, लालगद्धार र प्रतिक्रियावादी भन्न भ्याउने मात्र होइन बैचारिक रुपमा सखाप पार्दै भौतिक रुपमा समेत कत्लोआम गरेका इतिहाँस ताजै छ । 

केही समय यताका ठुला भनिएका नेतादेखि कार्यकर्ताको हविगत र तिनले प्रयोग गरेको भाषा विश्लेषणलाई हेर्यो भने यो अन्र्तसंघर्ष बियोगान्तपुर्ण हिंसात्मक परिघटनामा टुंगिने कुराको सजिलै आंकलन गर्न सकिन्छ । अनि सम्वृद्ध र समाजवादको बाटो त कता हो कता ‘नरहे बाँस, नबजे बाँसुरी’ बन्ने कुरा निश्चित छ ।

अहिले नेपालमा दुईतिहाई शक्ति हाँसिल गरेको कम्युनिष्ट पार्टीमा देखा पर्दै गरेका अन्र्तसंघर्ष र दुईलाइन संघर्षको ब्यबस्थापन भौतिक कत्लेआमको श्रृखलामा अन्त्य हुने हो भने दुई तिहाइकै संख्या र घनत्वमा नेता र कार्यकर्ताहरुको सफाया हुन सक्छ । वा नेतृत्वले कुशल ब्यबस्थापन गरेर अर्को सफल उचाइमा पार्टी अन्र्तसंघर्षलाई पुर्याउने हो त्यो भने हेर्न बाँकी छ । तर केही समय यताका ठुला भनिएका नेतादेखि कार्यकर्ताको हविगत र तिनले प्रयोग गरेको भाषा विश्लेषणलाई हेर्यो भने यो अन्र्तसंघर्ष बियोगान्तपुर्ण हिंसात्मक परिघटनामा टुंगिने कुराको सजिलै आंकलन गर्न सकिन्छ । अनि सम्वृद्ध र समाजवादको बाटो त कता हो कता ‘नरहे बाँस, नबजे बाँसुरी’ बन्ने कुरा निश्चित छ ।

सबैले सावधानीपूर्वक विचारका औजारहरुलाई इस्तेमाल गरौं । सके सकारात्मक संन्देश दिऔं नसके वातावरणलाई भड्काउने, उत्तेजित पार्ने र आगोमा पेट्रोल खन्याउने काम कम्तीमा नगरौं । स्वस्थ एवम् मैत्रीपुर्ण अन्र्तसंघर्ष र दुईलाइन संघर्षमा पार्टीको द्वन्द्वलाई रुपान्तरण गरौं । जस्तोसुकै कठिन परिस्थिति बेहोर्नु परे पनि होस गुमाएर स्टालिन र देङसाओपिङको बाटो तर्फ अग्रसर नबनौं ।

यसैले सबैले सावधानीपूर्वक विचारका औजारहरुलाई इस्तेमाल गरौं । सके सकारात्मक संन्देश दिऔं नसके वातावरणलाई भड्काउने, उत्तेजित पार्ने र आगोमा पेट्रोल खन्याउने काम कम्तीमा नगरौं । स्वस्थ एवम् मैत्रीपुर्ण अन्र्तसंघर्ष र दुईलाइन संघर्षमा पार्टीको द्वन्द्वलाई रुपान्तरण गरौं । जस्तोसुकै कठिन परिस्थिति बेहोर्नु परे पनि होस गुमाएर स्टालिन र देङसाओपिङको बाटो तर्फ अग्रसर नबनौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top