होमपेज / विचार
२०८२ सालको जेन्जी आन्दोलन कुनै आकस्मिक घटना थिएन । यो आन्दोलन नेपालको राजनीतिमा जरा गाडेर बसेका भ्रष्टाचार, कुशासन, अवसरवाद र अलोकतान्त्रिक प्रवृत्तिहरूको विरुद्धमा लामो समयदेखि जुभ्mँदै आएका युवा, सचेत वर्ग र श्रमजीवी जनताको संगठित अभिव्यक्ति थियो । सामाजिक सञ्जालको प्रयोग, बिना हिंसा प्रदर्शन र जनचेतनाको बढ्दो लहरले यस आन्दोलनलाई ऐतिहासिक उचाइमा पुर्यायो ।
यस आलेखमा आन्दोलनको गहिरो पृष्ठभूमि, वर्तमानमा देखा परिरहेका चुनौतीहरू र आन्दोलनलाई सार्थक बनाउँदै अघि बढ्नुपर्ने कार्यदिशा माथि विश्लेषण गरिएको छ ।
आन्दोलनको वस्तुगत पृष्ठभूमिः
जेन्जी आन्दोलन २०८२ को मूल आधार राजनीतिक कुशासन, दण्डहीनता, व्यापक भ्रष्टाचार, समावेशीताको अभाव, अवसरको असमान वितरण र सामाजिक अन्याय थिए । सत्ता सञ्चालनमा रहेका प्रमुख दलहरूबीचको आलोपालो, मिलिभगत र भागबण्डाको खेलले जनतामा निराशा पैदा गर्यो ।
प्रमुख कारणहरूः
१. वाइडबडीदेखि सुनकाण्डसम्मका भ्रष्टाचारका घटनाहरूले जनआक्रोशलाई चुल्यायो ।
२. रोजगारी र शिक्षाको अभावले युवा पुस्ता देश छोड्न बाध्य भए ।
३. सामाजिक अन्याय र विभेदका कारण गरिब, दलित, महिला र विपन्न वर्ग पीडित बने ।
४. जनताको आवाज दबाउने प्रयास, जस्तै फेसबुक र अन्य सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, आन्दोलन चर्किने अर्को प्रमुख कारण बन्यो ।
चेतनाको वृद्धि र आन्दोलनको पूर्वतयारीः
२०७९ चैतदेखि ८० वैशाखसम्म देशभर सञ्चालन भएको साङ्गीतिक अभियात्रा, विप्लव र आहुतिजस्ता नेताहरूका विचारोत्तेजक अभिव्यक्ति, संसदभित्र प्रचण्ड, चन्द्र भण्डारी जस्ता नेताहरूको सरकारप्रति आलोचना, शिक्षक आन्दोलनप्रति सरकारको दमनजस्ता गतिविधिहरूले जनतालाई जागरुक बनाउँदै आन्दोलनतर्फ उन्मुख गर्यो ।
साथै, विभिन्न अभियानहरू – “इनफ इज इनफ”, “नो भोट अगेन”, “युथ पार्लियामेन्ट”, “जनसंवाद”, आदि – ले वैकल्पिक राजनीतिप्रति जनविश्वास जगाउने काम गरे ।
आन्दोलनपछिका चुनौतीहरूः
आजको समयमा जेन्जी आन्दोलनले उठाएका मुद्दाहरू अझै पूर्णतः सम्बोधन भइसकेका छैनन् । केही चुनौतीहरू निम्न छन्ः
१. आन्दोलनको आत्मा बचाइराख्ने चुनौतीः
१. आन्दोलनमा सामेल युवा समूहहरू, संगठन र सहयात्रीहरूबीच मतभेद र द्विविधा देखा पर्न थालेको छ ।
२. मुद्दाहरूको एनजिओकरण हुँदै जानु र कतिपय एनजिओहरूले सरकारमा अति हस्तक्षेप गर्नुले जनविश्वासमा आँच आइरहेको छ ।
२. आन्तरिक र बाह्य राजनीतिक हस्तक्षेपः
१. भूराजनीतिक शक्तिहरू (ःऋऋ, द्यच्क्ष् आदि) नेपालको राजनीतिमा गहिरो प्रभाव जमाउने प्रयासमा छन् ।
२. विदेशी शक्तिहरूको इशारामा निर्णय लिने प्रवृत्तिबाट बच्न अबको आन्दोलन अझ सशक्त, संगठित र विचारमा स्पष्ट हुन आवश्यक छ ।
३. आन्दोलनको गलत प्रतिनिधित्वः
१. यथास्थितिवादी र प्रतिगामी शक्तिहरूले आन्दोलनका मुद्दाहरूलाई आप्mनै पक्षमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् ।
२. केही नेताहरू आन्दोलनप्रति झुटा समर्थन जनाउँदै पुनः सत्तामा फर्कने बाटो बनाउने रणनीतिमा छन् ।
आगामी कार्यदिशाः
१. सहमति, सहकार्य र एकताको मोर्चा निर्माणः
१. जेन्जीका पक्षधर, राष्ट्रवादी, लोकतान्त्रिक र समावेशी शक्तिहरूले सहकार्य गर्दै साझा मोर्चा बनाउन आवश्यक छ ।
२. प्रमुख मागहरूको स्पष्ट सूची तयार गर्दै सबै दल, समूह र नागरिकहरूलाई समेट्ने रणनीति अपनाइनुपर्छ ।
२. राष्ट्रिय हितमा आधारित ऐक्यबद्धताः
१. चाहे गणतन्त्रवादी हुन् वा राजावादी, राष्ट्रियताका सवालमा सबैले एउटै आवाजमा बोल्ने बेला आएको छ ।
२. नेपाल कुनै पनि विदेशी शक्ति केन्द्रको खेल मैदान बन्न नदिन राजनीतिक चेत, कूटनीतिक कौशल र नागरिक एकता अपरिहार्य छ ।
३. प्रदेश र स्थानीय तहसम्म संगठन विस्तारः
१. आन्दोलन केही सहरहरूमा सीमित नराखी स्थानीय तहसम्म जनसम्बन्ध विस्तार गर्न आवश्यक छ ।
२. राजनीतिक पुस्तान्तरणको अभ्यास गर्दै युवा पुस्तालाई नेतृत्वमा समावेश गरिनुपर्छ ।
४. वर्तमान अन्तरिम सरकारसँगको सम्बन्धः
१. सरकारलाई कठपुतली नबनाउने दवाब दिनु आवश्यक छ ।
२. आन्दोलनका मुद्दा कार्यान्वयन गर्न सरकारप्रति निगरानी राख्दै, सहकार्य गर्ने तर चुपचाप स्वीकृति नदिने होसियार रणनीति आवश्यक छ ।
निष्कर्ष
जेन्जी आन्दोलन २०८२ केवल सरकारको विरोध होइन, यो सिस्टमको पुनर्निर्माणको माग हो । यस्ता आन्दोलनहरूलाई सही दिशामा लैजान राजनीतिक नेतृत्व, नागरिक समाज, राष्ट्रवादी पूँजीपति र युवा पुस्ताबीच सहमतिपूर्ण सहकार्य र स्पष्ट कार्यदिशा अपरिहार्य हुन्छ ।
हिजोको आन्दोलनले भत्काउने काम ग¥यो, आजको कार्यदिशाले निर्माण गर्ने काम गर्नुपर्छ । अबको बाटो संयम, विवेक, दूरदृष्टि र साझा उद्देश्यमा आधारित योजनाबद्ध संघर्षको हो ।
यदि हामीले समयमै गम्भीरता देखाएनौँ भने, फेरि प्रतिगमन, विभाजन र विदेशी प्रभावले मुलुकलाई अन्धकारतर्फ डोहोर्याउने खतरा रहिरहन्छ । त्यसकारण, आजको प्रमुख कार्यभार भनेकै – जेन्जी आन्दोलनका वास्तविक मुद्दाहरूलाई संस्थागत गर्दै राष्ट्रिय हितमा अग्रगमनको नयाँ युग सुरु गर्नु हो ।
वीरेन्द्रनगर, सुर्खेत ।