ट्रेण्डिङ

होमपेज / विचार

वास्तविक 'जेन जी' को अबको कार्यदिशा, दलहरूको भूमिका र समस्या समाधानको बाटो कस्तो हुनुपर्ला ?

एक सामान्य चर्चा

नेपालगाथा २०८२ भाद्र ३० गते सोमबार १२:३५:०२ मा प्रकाशित

१. संगठित र स्पष्ट दृष्टिकोण

आन्दोलन वा विरोध मात्र होइन, दीर्घकालीन सामाजिक र राजनीतिक एजेन्डा तयार गर्नुपर्छ। "कस्तो देश बनाउन चाहन्छौँ?" भन्ने स्पष्ट खाका जनतामा पुर्याउन आवश्यक छ।

२. वैकल्पिक नेतृत्व विकास

पुरानो पुस्ताबाट मात्र आशा गर्ने होइन, आफ्नै पुस्ताबाट नै सक्षम नेतृत्व तयार गर्नुपर्ने । ईमानदार, पारदर्शी र नीतिगत राजनीति गर्ने युवाको नेतृत्व निर्माण गर्ने।

३. नीति–आधारित राजनीति

रोजगार, शिक्षा, स्वास्थ्य, जलवायु संकट, प्रविधि र समान अवसरलाई केन्द्रबिन्दु बनाएर कार्य तथा संघर्ष गर्नु पर्ने।भावनात्मक मुद्दाभन्दा ठोस नीतिगत प्रस्तावलाई प्राथमिकता दिनु।

४. डिजिटल र स्थानीय संयोजन

सामाजिक सञ्जालमा जागरण फैलाउनु मात्र होइन, गाउँ–समुदायसम्म पुग्ने संगठनात्मक संरचना बनाउने।डिजिटल आन्दोलनलाई भौतिक संगठनसँग जोड्नु।

५. संवाद र समावेशिता

विभिन्न समुदाय, लैंगिक, क्षेत्रीय, वर्गीय आवाजलाई समेटेर "सबैको आवाज" सुन्ने कार्यक्रम बनाउने।

राजनीतिक दलहरूको अबको भूमिका कस्तो हुनुपर्ला? :-

१. आत्मसमिक्षा र सुधार

पुराना दलहरूले युवाप्रति गम्भीर दृष्टिकोण लिनु जरुरी छ। दलभित्रको वंशवाद, पैसाको राजनीति, भ्रष्टाचारको अन्त्यतर्फ स्पष्ट र कडा कदम चाल्नुपर्ने हुन्छ।

२. नयाँ पुस्तालाई स्थान

'जेन जी' र युवालाई केवल "कार्यकर्ता" होइन, निर्णायक तहमा सहभागी गराउने।निर्णय प्रक्रियामा युवाको प्रत्यक्ष उपस्थिति सुनिश्चित गर्नु।

३. संवाद र सहकार्य

आन्दोलनलाई दमन गर्नु वा बेवास्ता गर्नुको साटो, मागहरूलाई सम्बोधन गर्दै सहकार्यको बाटो लिनुपर्छ। साझा राष्ट्रिय मुद्दामा पुस्ता र दलबीच सहकार्यको संस्कृति विकास गर्नुपर्ने।

४. नीतिगत प्रतिस्पर्धा

व्यक्तिगत वा पद–लाभमुखी राजनीति होइन, नीति र कार्यक्रमका आधारमा प्रतिस्पर्धा गर्ने। जनतामुखी र दीर्घकालीन योजना सार्वजनिक गर्ने र सो कार्ययोजनाको इमानदारीपूर्वक पालना गर्ने गराउने ।

जेन जि ले अबको राजनीति "वैकल्पिक मार्ग" वा "सुधारको दबाब" दुवै रूपमा अघि बढाउन सक्छ। दलहरूले युवाको आवाज सुन्ने र परिवर्तनकारी भूमिकामा स्थान दिन सक्नुपर्छ।

भाद्र २३ र २४ का र अन्य लुटपाट, चोरी, आगजनी जस्ता घटना "जेनेरेशन जेड (Gen Z)" आन्दोलनकै वास्तविक स्वरूप हो कि होइन ?:-

जेनेरेशन जेड आन्दोलनको मूल स्वरूप

जेन्जीको आन्दोलन संगठित, अहिंसात्मक र परिवर्तनमुखी मागसहित आएको थियो – रोजगारी, पारदर्शिता, सामाजिक सन्जालको प्रतिबन्ध फुकुवा, सुशासन, न्याय र अवसरमा समानता जस्ता माग मुख्य थिए । तर आन्दोलनमा भित्र घुसपैठ गर्ने, उक्साउने, उत्तेजित पार्ने, आतकित पार्ने, बदनाम गर्ने आफ्नो स्वार्थ पुरागर्ने, राजनैतिक अस्थिरता कायम गर्ने, पानी धमिलो पार्ने र माछा मर्ने समूह, विभिन्न शक्ति केन्द्र, स्वार्थ समुह, सहभागिता, घुसपैठ भएको घटना क्रम तथा तथ्यले देखाउछ। सक्रिय हुन्छन्। यसैले चोरी, लुटपाट वा आगजनी भएको भन्न सकिन्छ।

सम्भावित कारण उक्साहट वा षड्यन्त्र

आन्दोलनबाट फाइदा लिन, स्वार्थ पूरा गर्न, कठपुतली सरकार गठन गर्न, पश्चगमन तर्फ फर्कन, आन्दोलनलाई कमजोर देखाउन नियोजित हिंसा वा अराजकता फैलाइएको हुन सक्छ। भावनात्मक आवेग: केही युवाहरू आन्दोलनको आवेगमा नकरात्मक बाटोतर्फ लागेका हुन सक्छन्। आपरा’धी समूहको लाभ: आन्दोलनको भीड र अस्थिरतालाई प्रयोग गरेर चोरी, लुटपाट गर्नेहरू पनि हुन सक्छन्।

समाधानका बाटो

क) निष्पक्ष छानबिन – को–कोले घटनामा संलग्न भए भन्ने तथ्य प्रमाणका आधारमा छानबिन गर्नुपर्छ।

ख) शान्तिपूर्ण आन्दोलनलाई अलग देखाउन – जेन्जीको मूल आन्दोलन र आपराधिक गतिविधि छुट्याएर बुझ्नुपर्छ।

ग) संवाद र स्पष्टिकरण – आन्दोलनकारी नेतृत्वले हिंसाबाट दूरी कायम गर्दै आफ्नो अहिंसात्मक दृष्टि बारम्बार दोहोर्याउनुपर्छ।

घ) राजनीतिक दल र सरकारको भूमिका – आन्दोलनलाई बदनाम गर्ने रणनीति आत्मसात नगर्ने, जायज र औचित्यपूर्ण मागहरुलाई सम्बोधन गर्ने।

ङ) सामाजिक सचेतना – स्थानीय समुदायले पनि आफ्नो क्षेत्रमा लुटपाट, आगजनी हुन नदिने गरी प्रतिरोध गर्न। भाद्र २३ र २४ का लुटपाट, चोरी र आगजनीलाई पुरै जेन्जी आन्दोलनको पहिचान ठान्नु गलत हुन्छ।

यी घटना वा त षड्यन्त्रात्मक हुन् वा केही सीमित समूहको आवेगजन्य गतिविधि। समाधान भने सत्यतथ्य सार्वजनिक गर्ने, अहिंसात्मक आन्दोलनलाई मजबुत बनाउने, र आपराधिक गतिविधिमा संलग्नलाई कानूनी सजाय दिने हो। पार्टी हरुले आफ्ना व्यबहार, चरित्र, सिद्धांतको कार्यान्वयनको अवस्थाको समिक्षा गर्ने र गल्ती कमजोरीमा माफी सहित सुधार गर्ने, समय, युग, युवाको माग अनुसार परिवर्तित हुने, युवा तथा सक्षमलाई अबसर दिने, अग्रगामी ब्यबस्था, र ब्यबस्थापन गर्ने गराउने।

आवश्यकता! आत्मसमीक्षा र अग्रगमन !!!

सन्तुलन ! सुधार ! सम्मालौ, सम्मालिऔ !!!

लोक प्रसाद गौतम, वीरेन्द्रनगर , सुर्खेत

प्रतिक्रिया

सम्बन्धित खवर

Top