ट्रेण्डिङ

होमपेज / विचार

लकडाउनमा बुलबुले एफएमको सहकार्य          

वसन्तकुमार विश्वकर्मा

नेपालगाथा २०७६ चैत्र २७ गते बिहीबार १२:२०:४७ मा प्रकाशित

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ सर्वप्रथम चीनको वुहान शहरमा देखापरेको थियो । हाल कोभिड - १९ विश्वको २०८ देशमा महामारीका रुपमा रहेको छ । कोभिड -१९ बाट नेपाल पनि अछुतो रहन सकेको छैन । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड- १९) यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । कोभिड-१९ का कारण नेपाल लगायत विश्व नै लकडाउनको अवस्थामा रहेको समयमा संभावित संक्रमणबाट आफू, परिवार र सम्पूर्ण नागरिकहरुलाई उच्च प्राथमिकता दिई बुलबुले एफ.एम.ले सबै पक्षसँग समन्वय, सञ्चार र सहयोग गरिरहेको छ । यस संवेदनशील घडीमा बुलबुले संचार केन्द्रका पदाधिकारी तथा सदस्यहरु एवम् बुलबुले एफ.एम.का सम्पूर्ण कर्मचारी मित्रहरु आआफ्नो क्षेत्रवाट कोभिड-१९ विरुद्धको अभियानमा लागिरहनु भएको हुँदा योगदानप्रति उच्च मूल्यांकन गर्दै हार्दिक आभार प्रकट गर्दछु । चैत्र ११ गतेदेखि नेपाल सरकारले लागू गरेको लकडाउनलाई हामी सबैले पूर्ण पालना गरिरहेका छौ । 
हामीले नेपाल लकडाउन भए पश्चात् नेपाल सरकारले जारी गरेको निर्देशन कार्यान्वयन गर्नका लागि बुलबुले एफ.एम. १०३.४ मेगाहर्जवाट चैत्र १५ गतेदेखि कोरोना विरुद्धको अभियान ‘कोरोना विशेष’ कार्यक्रम दिनको १.१५ बजेदेखि २ बजेसम्म रेडियो लाइभ कार्यक्रम सञ्चालन गरिएको छ । लकडाउनको समयमा आम स्रोता तथा नागरिकहरुलाई सचेतना सम्बन्धी जानकारी दिने उद्देश्यले कोरोना विशेष लाइभ कार्यक्रम सञ्चालन गरिएको हो । यस कार्यक्रममा सुर्खेत निर्वाचन क्षेत्र नं. १ का माननीय ध्रुबकुमार शाही प्रतिनिधिसभा सदस्य, म.प. विश्वविद्यालय उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह, डा. कृपाराम वि.क. शिक्षाविज्ञ, राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक मुरारीप्रसाद खरेल, राजनीतिक दलका अध्यक्ष, केन्द्रीय सदस्यहरु, कर्णाली प्रदेशसभाका सभामुख, उपसभामुख तथा माननीय सदस्यहरु, नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्षहरु, नागरिक समाज, स्वास्थ्यकर्मी, प्याव्सन, प्रमुख प्रशासकीय अधिकृतहरु, शैक्षिक, सहकारी, सामाजिक अभियन्ताहरु लगायत विविध विधाका सम्मानित व्यक्तित्वहरु गरी करिब ४३ जनासँग संवाद गरिएको थियो । लकडाउन अवधिभर हामीले बुलबुले एफ.एम.बाट प्रत्येक हप्ताको शुक्रबार र शनिबार दिउँसो ठीक १.१५ बजेदेखि २ बजेसम्म कोरोना विशेष कार्यक्रम संचालन गर्ने गरी आम स्रोताहरुको माझ उपस्थित हुने नै छौ । 
घरमै बसौं, संक्रमणबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं । कोभिड-१९ को संक्रमणलाई रोक्नका लागि पटकपटक साबुन पानीले मिचिमिचि २० सेकेन्डसम्म हात धोऔं र सामाजिक दुरी कायम गरी आफ्नो घरमा नै बस्नु उत्तम विकल्प हो । नेपाल सरकार र विश्व स्वास्थ्य संगठनद्वारा सम्प्रेषित सूचना तथा तथ्यांकहरुप्रति विश्वस्त रहौं । कोभिड-१९ सम्बन्धी आफूलाई जानकारी भएका सूचना, सन्देशहरु आफनो परिवारका सदस्य तथा छरछिमेकमा फोन वा सामाजिक सञ्जाल मार्फत सञ्चार गरौं । तपाईहरुलाई समस्या परेको वेला बुलबुले संचार केन्द्रका पदाधिकारीहरुसँग फोनमा सम्पर्क गरौ । यस संकटको घडीमा समाजमा रहेका श्रमजीवि तथा विपन्न समुदायहरुलाई सक्ने सहयोग गर्न हुन सबैमा अनुरोध छ । नेपाल सरकारले २०७७ वैशाख ३ गतेसम्मका लागि लकडाउन कायम राखेको छ । तसर्थ नेपाल सरकारले गरेको निर्णयको पूर्ण पालना गर्नु हामी सवैको कर्तव्य र दायित्व हो । त्यसैले कोरोना विरुद्धको साझा अभियानमा सक्रियताका साथ सहभागी होआंै ।
बुलबुले एफएमको इतिहास
नेपालमा सामुदायिक रेडियोको विकास हुने क्रमसँगै मध्यपश्चिमाञ्चल क्षेत्रको क्षेत्रीय सदरमुकाम सुर्खेतको वीरेन्द्रनगरमा स्थानीयस्तरको संचारप्रतिको मागसँगै सुर्खेत स्थानीयस्तरमा सूचनाको पहँंच पु¥याउने उद्देश्यका साथै नागरिकहरुलाई रचनात्मक तथा सिर्जनात्मक काममा लाग्न अभिप्रेरित गर्दै स्थानीयस्तरमा भएका सीप, क्षमता, अनुभव र दक्षता प्रस्फुटन गराउने मुख्य उद्देश्य राखी सुर्खेत जिल्ला प्रशासन कार्यालयमा मिति २०६० जेठ २८ बुलबुले संचार केन्द्रको नाममा स्थापित संस्था मिति २०६१ पौष ०७ गते समाज कल्याण परिषद् काठमाडौंमा आवद्ध भई संस्थागत उद्देश्य प्राप्तिका लागि मिति २०६० मंसिर २९ मा बुलबुले संचार केन्द्रका नामबाट बुलबुले एफ.एम.सञ्चालन गर्ने उद्देश्य राखी नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयको इजाजत नं. ११८/६०/६१ रहेको छ । मिति २०६२ साल जेष्ठ २ गतेदेखि परिक्षण प्रशारण शुरु गरी २०६२ मंसिर २ गतेदेखि बुलबुले एफ.एम. १०३ विन्दु ४ मेगाहर्ज मार्फत विभिन्न जानकारीमूलक, सूचनामूलक, चेतनामूलक, सन्देशमूलक र मनोरञ्जनात्मक कार्यक्रमहरुका साथै समाचार बुलेटिनहरुका साथ आफ्नो नियमित प्रसारण सेवा शुरु गरेको थियो ।
विभिन्न क्षेत्र तह र स्तरबाट  गरिएका हाम्रो सर्वेक्षणहरुले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, रुकुम पश्चिम, सल्यान, प्रदेश नं. ५ वाँके, बर्दिया र दाङ, सुदूरपश्चिमका कैलाली, डोटी, अछाम जिल्लाहरुका धेरै जसो क्षेत्रमा पहुँच पुगी करिव २५ लाखभन्दा वढी स्रोता माझ रहेको पाइएको छ । सुर्खेत जिल्लामा स्थापनाका हिसाबले अग्रणी बुलबुले एफ.एम. नै हो । बुलबुले एफ.एम.को हालको प्रसारण क्षमता ५०० वाट भएता पनि यसले आफ्नो क्षमता क्षेत्र ओगट्न सकिरहेको छैन । यस एफ.एम.बाट दिनहुँ १८ घण्टा मध्ये ५ घण्टा ३० मिनेट समाचार र विज्ञापन तथा अन्य कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । 
विगत १५ वर्षदेखि बुलबुले एफ.एम.ले स्थानीय तथा केन्द्रीयस्तरमा सम्वन्ध विस्तार गर्दै जाने क्रममा अन्तर्राष्ट्रिय रेडियो प्रसारक संघ ९अमार्क० को सदस्यता प्राप्त गरिसकेको छ । भने त्यसैगरी वि.वि.सी. रेडियो सेवासँग पनि समन्वय गर्न सफल भएको छ । त्यस्तै नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका, लेकवेशी नगरपालिका, चौकुने गाँपालिका, सिम्ता गाउँपालिका तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुका साथै राष्ट्रियस्तरमा सामुदायिक रेडियो प्रसारक संघ, कम्युनिकेसन कर्नर, इक्वेल एक्सेस, एन्टेना फाउण्डेसन, एनसेट नेपाल, प्याक्ट नेपाललगायतका संस्थाहरुसँग साझेदारी भैसकेको छ । 
वास्तवमा संचार आफैमा संवेदनशील निकाय हो । वर्तमान समयमा संचार माध्यम विश्वमा नै छिटो छरितो र सरल तथा शुलभ तरिकाले सत्यतथ्य जानकारी दिने एकमात्र माध्यम हो । संचार माध्यमले केवल सूचना, जानकारी मात्र नभई वौद्धिक विषय वस्तुहरु समेत प्रसारण गरी स्रोताहरुको जीवनस्तर र जीवनशैलीमा समेत परिवर्तन ल्याएको यर्थाथता सबैमाझ प्रष्ट छ । समाजका हरेक क्रियाकलापहरुसँग प्रत्यक्ष सम्वन्ध राख्ने संचार माध्यम भएकाले यसभित्र तमाम अवसर र चुनौतीहरुका बीच अघि बढ्दै स्रोताहरुलाई सही सूचना, सत्यतथ्य समाचार, विशुद्ध मनोरञ्जन प्रदान गर्नु हाम्रो दायित्व रहिआएको छ । संचार माध्यमले समुदायको प्रत्यक्ष जोडिएको हुँदा यसको उन्नति प्रगतिमा सबैले ध्यान दिन आवश्यक देखिन्छ । हाल एफ.एम. ले सही सूचना सत्य समाचारका साथै मनोरञ्जन र जानकारी तथा सामुदायिक सफलता पाउँदै आइरहेको छ । सुर्खेतीलगायत कर्णालीबासी नागरिकको अगाथ माया, सरकारी निकाय, सहकारी, गैरसरकारी संघसंस्था, शिक्षक, निजी उद्योगी, राजनीतिक दल, स्थानीय वुद्धिजीवीलगायत आम स्रोताहरुको रचनात्मक सहयोग, सल्लाह सुझावहरुको ग्रहण गर्दै हामी निरन्तर अगाडि बढिरहेका छौ ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top