ट्रेण्डिङ

होमपेज / विचार

आफू पनि बचौँ, अरुलाई पनि बचाऔँ

अनिलकुमार बिष्ट

नेपालगाथा २०७६ चैत्र २७ गते बिहीबार १०:०३:२८ मा प्रकाशित

 COVID-19, २०१९ को अन्तिमतिर चिनको वुहान भन्ने सहरबाट फैलिएको हो । यो भाइरस २०१९ मा मात्रै नभएर २००३ मा SARS (Severs Acute Respiratory Syndrome)  र २०१२ मा MERS ( Middle East Respiratory Syndrome) को रुपमा साउदी अरबतिर देखिएको थियो २००३ र २०१२ मा देखिएका भाइरसहरु पनि अहिलेको त्रास मच्चाइरहेको कोरोनासँग आनुवंशिक रुपले मेल खान्छन् । SARS एसियामा देखा परेको थियो भने MERS साउदी अरबतिर देखापरेको थियो तर यिनीहरुले अहिलेको जति क्षति पु¥याएका थिएनन् । सरल भाषमा भन्नुपर्दा अहिलेको भाइरस SARS र MERS को विकसित रुप हो कोभिड १९ । यो झन् मोडिफाइड भएर आएको छ र यसको विरुद्ध अहिलेसम्म कुनै औषधि भने बनेको छैन । यो एक रुघाखोकी लाग्दा लाग्ने भाइरस जस्तै हो । तर वर्तमान अवस्थामा यसको विकसित रुपले भहावह अवस्थाको सिर्जना गरेको छ ।

यसको स्वास प्रस्वासमा सिधै असर पार्ने भएकाले सङ्क्रमित व्यक्तिमा ठूलो प्रभाव पार्ने गरेको छ । यस रोगबाट बच्न सङ्क्रमित व्यक्तिलाई भेन्टिलेटरद्वारा कृत्रिम अक्सिजन दिनु बाहेक अर्को उपाय पत्ता लागेको छैन । यस भाइरसले शरिरमा प्रतिरक्षा क्षमता कम भएका व्यक्तिहरुलाई प्रभाव पार्ने भएकाले यसको निसानामा बालबालिका र वृद्ववृद्वा परेका छन् । यस महामारीको बारेमा बुझ्न सबैलाई आह्वान गर्न चाहन्छु ।

कोरोना भाइरसका मुख्य लक्षणहरु –

–      १००.४ डिग्री फरेनाइटको ज्वरो या यो भन्दामाथि ।

–      स्वास फेर्न गाह्रो हुने ।

–      खोकी लाग्ने ।

–      रुघा खोकीका लक्षणसँगै लामो समयसम्म टाउको दुख्ने ।

यसबाट बच्ने उपायहरु –

–      साबुन पानी अर्थात् सेनिटाइजरले (जसमा ६० प्रतिशतभन्दा माथि अल्कोहल होस) हात धुने ।

–      खोक्दा वा हाँच्छ्यु गर्दा नाक र मुख रुमाल वा टिस्यु पेपरले छोप्ने ।

–      रुघा खोकीका लक्षण देखिएका व्याक्तिहरुबाट टाढा बस्ने ।

–      मासु वा अण्डा राम्ररी पकाएर मात्र खाने ।

–      भिटामिन सीले शरीरको प्रतिरक्षा बढाउने भएकाले भिटामिन सीयुक्त खानेकुरा खाने ।

–      विदेशबाट आएका व्याक्तिहरुले १४ दिन जति क्वारेन्टाइनमा बस्ने ।

–      सामाजिक भिडभाड र भेलामा सहभागी नहुने ।

–      मास्कको प्रयोग गर्ने ।

कोरोना भाइरस २०१९ विश्वका अधिकांश राट्रहरुमा महामारीको रुपमा फैलिरहेको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा एकदमै कम व्याक्तिहरुमा सङ्क्रमण देखिएको छ । यस्तो भयङ्कर महामारीको समयमा एकसाथ सहयोगी हातहरु अघि बढाउनुको साटो कालोबजारीजस्ता अमानवीय घटना पनि नघटेका होइनन् । यस्तो अवस्थामा पनि कोही भने गोजी भर्न तम्सिएका छन् । त्यस्ता व्यक्तिहरु पनि पक्राउ परेका छन् । त्यसैगरी सामाजिक सञ्जालमा अनौपचारिक सूचनाहरले पनि अर्को समस्या उत्पन्न गरेको छ । यसले सर्वसाधारण जनतामा एक किसिमको त्रास उत्पन्न गरेको छ । कोरोनाकै नियन्त्रणका लागि सरकारले लक डाउन घोषणा गरेलगत्तै काठमाडौं उपत्यकादेखि बाहिरिनेको सङख्या एकदमै बढी थियो । अहिले कसैलाई पनि घरभन्दा बाहिर निस्किन अनुमति छैन । यस्तो बढ्दो सङ्क्रमण समस्यामा मनोबल कमजोर बनाउनुभन्दा आत्मविश्वासका साथ बच्ने उपायहरु अपनाउन अत्यन्त आवश्यक छ । घर परिवारसँगै कुनै दिन कामको चिन्ता नलिई बस्ने इच्छा थियो होला, त्यो समय यही हो । देशको सेवा गर्न पाए हुन्थ्यो भन्ने भावना उत्पन्न भएको थियो होला, त्यो समय यही हो । घरमै बसेर देशको रक्षा गरौँ । आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top