होमपेज / विचार

मुकेशकाे नेपाल प्रतिकाे माया

नेपाल गाथा २०७५ माघ ३ गते बिहीबार ००:३७:४५ मा प्रकाशित

सुर्खेत । सपना सबैका हुन्छन् कसैको सपना धेरै पैसा कमाउने,कसैका बिदेश जाने,कसैको आलिसान महलमा बसेर जिन्दगी कटाउने । यी र यस्तै सपना भन्दा भिन्न सपना बोकेर अमेरिकामा बसेर नेपालमा समाज सेवा गर्ने युवाको नाम हो मुकेश सुवेदी । बि.स २०५१ पौष ०९ गते बुबा चन्द्र सुवेदी तथा आमा रुप सुवेदीको कोखबाट पत्थरीको शरणर्थी शिविरमा जन्मेका मुकेश सुबेदीको सानै देखिको सपना हो समाजसेवा, उनी सुनाउछन त्यसबेलामा सानै छदा धेरै दुख देखेको थिए धेरै बालबालिकाहरु आर्थिक अभाबका कारण स्कुल पढ्न पाईरहेका थिएनन। सडकमा बालबालिकाहरुको बिजोक देख्थे । त्यो देख्दा मलाई सानै देखि यिनीहरुलाई केहि गरौँ भन्ने लाग्थ्यो । तर त्यो बेलामा सहयोग गर्ने अबस्था थिएन र मेरो पारिवारिक अबस्था पनि कमजोर नै थियो । ति घटना दृश्यहरुले मलाई पिरोलिरहन्थ्यो ।

म अमेरिका आए । र मैले देखेको भोगेको पिडा नेपाली भाईबहिनीहरुले भोग्न नपरोस मैले सकेको सहयोग गर्नुपर्छ भन्ने लाग्यो । म समाज सेवातिर अग्रसर भएको हो यो कामलाई ब्यस्थित तरिकाले काम गर्न अमेरिकामा मेरो साथी जित कार्की र म लागिपरिरहेका छौ । नेपालमै मुकेश सुवेदी फाउन्डेशन सँचालन गर्ने र त्यसैबाट कामगर्ने अन्तिम अबस्थामा नेपालमा कानुनी प्राबधानले फाउन्डेशन बन्द गर्नु परेको अबस्थाको सम्झना गर्दै उनले भने अब हामी यतैबाट गर्छौ यसमा कसैको पनि सहयोग लिेने योजनामा छैनौ । हामीले कमाएको केहि पैसा समाज सेवामा लगाउने छौ । २०६८ सालमा उनको ४ जनाको परिवार अमेरिका उडेको थियो । १६ बर्ष सम्म नेपालमा बसेका उनले नेपाली माटोमा धेरै पसिना बगाएका छन् । उकाली अराली गरेको छन् । नेपालको माया मुटुभित्र सजाएर राखेका छन् । नेपालको माया शब्दमा ब्यक्त गर्न गाह्रो महशुस गर्छन्। नेपाल प्रतिको प्रेमले नेपालमा सामाजिक काममा सक्रिय हुने योजना बुनेका हुन् । । कसैको सहयोग नलिकनै अमेरिकामा दुख गरेको केहि पैसा नेपाल र नेपालीको लागि खर्च गर्ने योजना बुन्दै छन् । जसको सुरुवात भईसकेको छ। केहि समय अगाडी गायिका जलजलाको परिवारलाई रु २५ हजार सहयोग गरेका थिए । आथिर्क अबस्था कमजोर भएको , बिपन्न परिबारलाई बिद्यालयमा पढाउने देखि खाना, कपडा, लगायत अन्य सहयोग गर्ने योजना बनाईरहेका छन् ।

नेपाल स‌ंन्सारै सुन्दर देश भएपनि देश बिग्ररिएको देखेर चिन्तित छन्। म सधै सोचिरहन्छु मेरो देश नेपालमा कहिले हुन्छ अमेरिकाको जस्तो सिस्टममा चल्ने देश ? अमेरिका भन्दा नेपाल धेरै राम्रो छ फरक यति छ अमेरिकामा सिस्टम छ नेपालमा छैन । जबसम्म हामीले सकरात्मक सोचको बिचार गर्न सक्दैनौ तबसम्म देश बिकास हुन गाह्रो पर्छ । मैले अमेरिका बसेर यहि सिकेको छु, नेपालमा बालबालिका माथि बलत्कार गर्ने अपराधीलाई जोगाउन राज्यनै अहिले लागेको समाचारहरु सुन्दा मलाई अचम्म लाग्छ । त्यस्ता अपराधीलाई त फाँसीनै दिएपनि केहि हुदैन उनको तर्क छ । भ्रष्टचार गरेर देशलाई खोक्रो बनाउनेहरु सम्मानका साथ छाती फुलाएर हिडेका छन् । यो क्रमको अन्त्य नभए सम्म नेपाल कहिले पनि बिकास हुदैन । म गरिब ठाँउबाट आएको अभाबमा जीवन चलाएर आएको , हुन त अब नेपाल बस्ने गरि त जान्न होला तर नेपाल र नेपाली सँग निरन्तर जोडिन चाहान्छु उनले दुखेसो गरे मैले धेरै व्यतिहरुलाई बिभिन्न सहयोगको लागि पैसा पठाए। उनीहरुलाई पैसा पठाए पछि सम्पर्कमा आउदैनन् । म एकदमै चाँडो मान्छेहरुलाई बिश्वास गर्छु । जसको कारण आफनै नेपाली दाजुभाईहरुले पैसा खानुभएको छ । मैले सामाजिक कामको लागि पठाएको,यसैले पनि मेरो समाजसेवालाई ब्यबस्थित गर्नको लागि अमेरिकामै साथी जित कार्की र म मिलेर सँस्था बनाउन लागिपरेका छौ । जसले समाज सेवाको अलवा बिभिन्न नेपाली कलाकारहरुको सम्वन्यमा साँस्कृतिक,अवाड कार्यक्रमहरु सँचालन गर्नेछ ।

म यहाँ १२ घन्टा काम गर्छु त्यसैबाट केहि पैसा म नेपाली र नेपालको लागि खर्च गर्छु तर अहिले गलत प्रवृतीका मान्छेको जमात नेपालमा बढिरहेको उनको अनुभब छ । जसले गर्दा सहि मान्छे सँस्था पाउन मुस्किल छ । अब मेरो लगानी सहि तरीकाले सम्बन्धित पिडित सम्म पुयाउन पनि यो कामको थालनी गरेको उनले बताए आफ्नो परिवार बाट एकदमै राम्रो सपोर्ट पाएका उनले अब सम्पुर्ण नेपालीको साथ पाउने बिश्वास लिएका छन् । धेरैले मलाई चर्चित हुन खोजेको पनि भन्छन् तर मैले सानैदेखिको सपना पुरा गर्न लागेको हो । मैले मेरो जन्मभुमि प्रति कर्तब्य निर्वाह गर्न खोजेको हो । २४ बर्षको ठिटो जो नेपालको शरर्णाथी शिविरमा जन्मिएर अमेरिका पुग्यो । रमाईलो मोज मस्ती घुमघाम अमेरिकी जीबनशैली भन्दा पृथक रहेर पनि नेपालमा समाज सेवा गर्न तयार छ यसमा हामी सबैको साथ हौसला र प्रेरणको खाँचो छ ।

लेखक राेमन न्याेपाने

प्रतिक्रिया

सम्बन्धित खवर

Top