होमपेज / समाज
सुर्खेत । घिगेल बुढाक्षेत्रीहरूको वंशावली संकलन तथा लेखन कार्य तीब्र रुपमा अघि बढेको छ । मस्यौदा समितिका संयोजक नरबहादुर बुढाको एउटा समूह वंशावली संकलन तथा लेखन कार्यका लागि अछाम, दैलेख, कालिकोट हुँदै जुम्ला पुगेको छ । उक्त समूहमा भीमबहादुर बि.सी. र राजबहादुर बि.सी.रहनुभएको छ ।
आफ्नो इतिहास, पहिचान र पुर्खाको योगदानलाई लिपिबद्ध गर्ने यस ऐतिहासिक अभियानमा सम्पूर्ण बन्धुवान्धवहरूको साथ, सहयोग र सल्लाह रहेको वंशावली खोज, अनुसन्धान, संकलन तथा लेखन मस्यौदा समितिका संयोजक नरबहादुर बुढाक्षेत्रीले नेपालगाथालाई बताउनुभयो ।

घिगेल बुढाक्षेत्रीहरुको वंशावली इतिहासको खोज तथा अनुसन्धान समिति
यस अघि कार्तिक १० गते अछामको तुर्माखाँद गाउँपालिका वडा नं. ३ भैरवस्थानमा घिगेल बुढाक्षेत्रीहरुको भेला सम्पन्न भएको थियो । उक्त भेलाले घिगेल बुढाक्षेत्रीहरुको वंशावली इतिहासको खोज तथा अनुसन्धानका लागि नरबहादुर बुढाक्षेत्रीको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिको सदस्यहरुमा बमबहादुर बि.सी., मनिराम बुढा, भीमबहादुर बि.सी., काशीराम बुढा, पदमबहादुर बुढा, उपेन्द्रबहादुर बि.सी. र सदस्यसचिवमा प्रेमबहादुर बुढा रहनुभएको छ ।
विधान मस्यौदा उपसमिति
यसैगरी भेलाले मानबहादुरको बि.सी.को संयोजकत्वमा घिगेल बुढाक्षेत्रीको विधान मस्यौदा उपसमिति समेत गठन गरेको छ । उक्त समितिको सदस्यहरुमा भीमबहादुर बि.सी., राजबहादुर बि.सी., जनकबहादुर बुढा र पदमबहादुर बुढा रहनुभएको छ ।
आर्थिक संकलन उपसमिति
यसैगरी भेलाले दयाराम बुढाको संयोजकत्वमा आर्थिक संकलन उपसमिति गठन भएका छ । उक्त उपसमितिको सदस्यहरुमा बालवीर बि.सी., तुलाराम बुढा, जीतबहादुर बुढा, सीताराम बुढा, नरेन्द्रबहादुर बि.सी., धनबहादुर बुढा, रतनबहादुर बि.सी.र जमानसिं बि.सी.रहनुभएको छ ।

यसैगरी भेलाले पारिवारिक विवरण संकलन उपसमिति पनि गठन गरेको छ । उक्त उपसमितिमा अर्जुन परिवारको विवरण संकलन गर्नका लागि राजबहादुर बि.सी., बालवीर बि.सी., प्रेमबहादुर बि.सी., दधिराम बुढा र दयाराम बुढालाई जिम्मेवारी तोकिएका छ ।
यसैगरी घोगा परिवारको विवरण संकलन गर्नका लागि सीताराम बुढा, काशीराम बुढा, तिते बुढा, दुर्गबहादुर बि.सी.र कटकबहादुर बि.सी.लाई जिम्मेवारी तोकिएको छ । सोना परिवारको विवरण संकलन गर्नका लागि भीमबहादुर बि.सी., धनबहादुर बि.सी., तुलाराम बुढा, हर्क बुढा, जयबहादुर बि.सी., लक्ष्यबहादुर बि.सी., झंकर बुढा र रती बुढालाई जिम्मेवारी तोकिएको छ । यसैगरी आइतु परिवारको विवरण संकलन गर्नका लागि जनक बुढा, पदमबहादुर बुढा, नारायणदेव बुढा र जितबहादुर बुढालाई जिम्मेवारी तोकिएको खोज तथा अनुसन्धान समितिका सदस्य भीमबहादुर बि.सी.ले जानकारी दिनुभयो ।

भेलाले २०८३ मंसिर मसान्तसम्म पारिवारिक विवरण संकलन गरिसक्ने निर्णय समेत गरेको छ ।