ट्रेण्डिङ

होमपेज / समाज

लम्सुमा विद्युत् जडान सम्पन्न

स्थानीयबासीमा खुसीयाली

नेपालगाथा २०८३ कार्तिक २४ गते सोमबार ११:३५:३१ मा प्रकाशित

पार्वती लम्साल, दैलेख । दैलेखको दुल्लु नगरपालिका–१२  लम्सुमा विद्युत् जडान कार्य सम्पन्न भएको छ। घर-घरमा विद्युत जडान भएपछि स्थानीयबासीमा खुसीयाली छाएको छ। निरन्तरकाे प्रयासपछि विद्युत् जडान कार्य सम्पन्न हुँदा स्थानीयवासीले राहत महसुस गरेका छन्।

गाउँमा विद्युत् सेवा पुगेपछि  दैनिक जीवन सहज हुने स्थानीयबासी राधा नेपालीले बताउनुभयाे। उहाँका अनुसार  साँझको समयमा उज्यालोको सुविधा, बालबालिकालाई अध्ययन गर्न, मोबाइल चार्ज गर्न तथा विभिन्न घरेलु काममा सहजता आउने जानकारी दिनुभयो । 

विद्युत् पहुँचले गाउँको सामाजिक तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने स्थानीयले जानकारी दिएका छन्। विद्युत् सेवाको विस्तारले गाउँमा आधुनिक सुविधाको पहुँच बढाउनुका साथै स्थानीयबासीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने विश्वास रहेको छ।

स्थानीयस्तरमा विद्युत् जडान कार्य सम्पन्न गर्न डिल्चन सुनार लगायत अन्य व्यक्तिहरूकाे सक्रियता तथा सहयोगले गाउँमा विद्युत् जडान कार्य सम्पन्न भएको हो।

स्थानीयबासीका अनुुसार, विद्युत् अभावका कारण विगतमा भोग्नुपरेका समस्याबाट अब राहत मिल्ने उनीहरूको विस्वास छ। विद्युत पहुँच पुगेपछि घरायसी कामकाज, विद्यार्थीको अध्ययन, साना व्यवसाय तथा अन्य गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ। 

विद्युत् सेवा विस्तारसँगै स्थानीय क्षेत्रमा विकासका थप सम्भावनाहरू रहेका छन्। प्रशिक्षार्थी पत्रकार ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top