ट्रेण्डिङ

होमपेज / खेलकुद

लिग-२ पीएनजीविरुद्ध नेपाल बलिङमा

नेपालगाथा २०७९ फाल्गुण १५ गते सोमबार ११:३९:५५ मा प्रकाशित

काठमाडौँ । युनाइटेड अरब इमिरेट्समा आजबाट सुरु भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।

दुबई इन्टरनेसन स्टेडियममा नेपालले टस जितेर पीएनजीलाई ब्याटिङका लागि निम्तो दिएको हो । लिग-२ अन्तर्गत नेपाल र पीएनजी दुबैले २९ औँ खेल खेल्दैछन् । यसअघि नेपालले २८ मध्ये १२ खेल जितेको छ । पीएनजीले भने २ खेल मात्र जित्न सकेको छ ।

नेपालले २८ खेलबाट २६ अंक जोड्दा पीएनजीको केवल ५ अंक छ । पछिल्ला पाँच एकदिवसीय खेल हेर्दा नेपालले ३ खेलमा जित हात पार्दा पीएनजीले २ खेल जितेको छ । यसैबीच, फास्ट बलर प्रतिश जिसीले नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन् । उनले नेपालको यू-१६ तथा यू-१९ टिमबाट खेलिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top