होमपेज / खेलकुद
काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा आजबाट सुरु भएको आईसीसी यू–१९ क्रिकेट विश्वकपको एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २६२ रनको लक्ष्य दिएको छ ।
इडेन गार्डेन अजमान मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन जोड्यो । नेपालका लागि आकाश त्रिपाठीले ७८ रनको योगदान गरे । विशाल विक्रम केसीले ६३ रन बनाए । अर्जुन कुमालले ३७ रन, कप्तान देव खनाल २१ रन, दिपक बोहराले १७, दिपक डम्रेले १० रन, दिपक बोहराले ५ रन र मिनल बोहराले ४ जोडे भने सुवाश भण्डारीले १२ रन बनाए ।
सिंगापुरका अभ्युदय छाजेर र आर्यविर चौधरीले २-२ विकेट तथा अदवित्य भारगभ र महियु भाटियाले एक-एक विकेट लिए । छनोटअन्तर्गत नेपालले दोस्रो खेल शनिबार कुवेतसँग, तेस्रो खेल २७ फेब्रुअरीमा हङकङसँग, चौथो खेल २८ फेब्रुअरीमा मलेसिया तथा अन्तिम खेल २ मार्चमा युएईसँग खेल्ने तालिका रहेको छ । छनोट प्रतियोगिताको विजेताले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्ने मौका पाउने छ ।