ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाली दुवै क्रिकेट टिमले एकै दिन युएईविरुद्ध क्रिकेट खेल्दै

नेपालगाथा २०७९ फाल्गुण १० गते बुधबार १३:५८:१२ मा प्रकाशित

काठमाडौँ ।  नेपाली सिनियर क्रिकेट टिम तथा नेपाली यू-१९ क्रिकेट टिमले एकै दिन महत्वपूर्ण खेलमा युनाइटेड अरब इमिरेट्सविरुद्ध खेल्दैछ । सिनियर र जुनियर दुवै टिमले युएईविरुद्ध उसैको घरेलु मैदानमा खेल्ने तालिका रहेको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित सिरिजको दोस्रो खेल मार्च २ मा दुबई इन्टरनेसनल स्टेडियममा नेपालले युएईविरुद्ध खेल्नेछ ।

त्यसैगरी, आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोटअन्तर्गतको अन्तिम खेलमा नेपाली यू-१९ टिमले युएईको यू-१९ टिमविरुद्ध खेल्ने तालिका रहेको छ । उक्त खेल पनि मार्च २ तारिखमा इडेन गार्डेन अजमानमा खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top