ट्रेण्डिङ

होमपेज / खेलकुद

सन्दीपले नेपाललाई दिलाए पाँचौं सफलता

नेपालगाथा २०७९ फाल्गुण ९ गते मंगलबार ११:०५:२७ मा प्रकाशित

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले पाँचौँ विकेट लिएका छन् । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डका टोमस म्याकिन्टोसलाई २२ औँ ओभरको चोथो बलमा १ रनमै क्याच आउट गराए । यसअघि नेपालका लागि कुशल मल्लले चौथो विकेट लिएका थिए । 
कुशलले क्रिस्टोफर म्याकब्राइड २१ औँ ओभरको दोस्रो बलमा २२ रन बनाएर आउट भए । यसअघि सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका थिए ।  जर्ज मुन्जीलाई १३ ओभर ५ बलमा बोल्ड आउट गराएका हुन् ।   सन्दीपले १४औँ ओभरको अन्तिम बलमा रिची ब्रिनटनलाई एलबीडब्लू आउट गराएका थिए । यसअघि सन्दीपले ७ ओभर ५ औँ बलमा स्कटल्यान्डका केल कोट्जरलाई एलबीडब्लू आउट गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top