ट्रेण्डिङ

होमपेज / खेलकुद

पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित

नेपालगाथा २०७९ फाल्गुण ६ गते शनिबार २२:२५:५९ मा प्रकाशित

प्रकाश काफ्ले, कालिकोट । महावै गाउँपालिकाको वार्ड नं ४ त्रिवेणी माविमा माघ ३ गतेबाट सञ्चालन भइरहेकाे पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता स्थगित भएको छ । उक्त प्रतियाेगिता पहिलो र दोस्रो दिन सञ्चालन भएर फागुन ५ गते तेर्सो दिन समापन हुँदै गर्दा विद्यार्थीहरुले विरोध जनाए पछि स्थगित भएको हो ।

महावै गाउँपालिका वार्ड नं २ मा रहेकाे तिला नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुले १६ वटा स्वर्ण पदक आफूहरुले पाउनुपर्ने दाबी गरेका थिए । उक्त पदक नपाएपछि आवेगपूर्ण तरिकाले मञ्चमा रहेका कुर्चीहरु तोडफोड गरेर विरोध जनाएका थिए।

त्यसैगरी चन्द्रादेवी मावि कुनीका विद्यार्थीहरूले पनि उक्त प्रतियोगिताबाट प्राप्त गरेका प्रमाणपत्रहरु च्यातेर विरोध जनाएका छन्।

दुइटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले विरोध जनाएपछि कार्यक्रम स्थगित भएको छ। फागुन ८ गते पालिकाभित्रका सम्पूर्ण विद्यालयका प्रअहरुलाई बोलाएर छलफल गरी ९ गते समापन गर्ने आयोजकले जानकारी दिएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top